Sat2024 July 27
२०८१ साउन १२, शनिबार

हिमालय माविमा सडक नाटक प्रदर्शन

18

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बालविवाह विरुद्धको सडक नाटक प्रदर्शनी गरिएको छ । पालिकाको वडा नं. ७ मा रहेको हिमालय माध्यमिक विद्यालयमा उक्त नाटक प्रदर्शनी गरिएको हो ।

गाउँपालिकामा बढ्दो बालविवाह कम गराउने उद्देश्यले प्रस्तुत गरिएको नाटकमा सानो उमेरमा विवाह गर्दाका समस्यालाई नाटकमा समेटिएका थिए । कार्यक्रमका अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाअध्यक्ष भरतमान गुरुङले नाटक निकै सन्देशमूलक रहेको बताए ।

उनले बालविवाह गर्दा एकातर्फ नेपाल सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वन्चित हुनुपर्ने अर्कोतर्फ स्वास्थ्य पनि जोखिम हुने भएकाले सबैलाई सचेत रहन आग्रह गरे । उनले भौतिक विकाससँगै सामाजिक विकासका लागि बालविवाह मुक्त समाज भयो भने बल्ल सम्मुनत विकास हुने कुरामा जोड दिए ।

एकीकृत सामुदायिक विकास परियोजनका अधिकृत महेश विश्वकर्माले नेपाल दक्षिण एशियामा बालविवाह उच्च दर रहेको मुलुकमध्ये तेस्रो स्थानमा रहेकाले त्यसलाई न्यूनीकरणका लागि नाटक प्रदर्शन गरिएको बताए ।

परियोजनाका सहजकर्ता बलबहादुर केसीले हिमालय बाल क्लबको आयोजना, गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग, नौलो घुम्ती नेपालको सहजीकरण र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा नाटक प्रदर्शनी गरिएको जानकारी दिए ।

नाटक प्रदर्शनपछिको औपचारिक कार्यक्रममा शिक्षक त्रिलोचन पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष चेतबहादुर विक, प्रधानाध्यापक शरद सुवेदीले बोलेका थिए । नाटकमा सहभागी १४ कलाकारलाई सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज दुराको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन शिक्षक प्रेमसिंह महराले गरेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर