Sat2024 July 27
२०८१ साउन १२, शनिबार

१२ वटा चर्चित कम्पनीहरु कालोसूचीमा परे

16

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय मातहत रहेको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै यी १२ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

ती कम्पनीहरु एकदेखि तीन वर्षसम्म कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुमा गोलबजार सिरहाको आदर्श कन्स्ट्रक्सन कम्पनी, पोखरा महानगरपालिका-८ कास्कीको त्रिवेणी निर्माण सेवा, इलामको बाबरी निर्माण सेवा, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवा, पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा-कृशभ मस्ट जेभी छन् ।

सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार-सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ ।

कालोसूचीमा पर्ने निर्माण व्यवसायीरआपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पिन खरद कारबाहीमा भाग लिन नसक्ने सूचनामा जनाइएको छ ।

कालोसूचीमा परेका अन्य निर्माण कम्पनीहरुको विवरण यसप्रकार छ –

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर