Sat2024 July 27
२०८१ साउन १२, शनिबार

१४ वर्षीय बालकद्वारा नौ वर्षीया बौद्धिक अपाङ्ग बालिका बलात्कृत

18

दाङ्ग । नौ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसुरमा भारत घर भइ हाल दाङ बस्ने १४ वर्षीय बालकलाई जिल्ला अदालतले तीन वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाशीश कृपासुर कार्कीको इजलासले मङ्सिर १० गते कसुर ठहर गर्दै बालकलाई कैद सँगै १ लाख ५१ हजार रूपियाँ जरिबाना र ८ सय रूपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको हो ।

इजलासले नावालक भन्दै तोकिएको साढे तीन वर्षको कैद भने स्थगन गरेको छ । कसुरदार बालकले ०८० वैशाख ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भएका थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर