Sat2024 July 27
२०८१ साउन १२, शनिबार

१८ पुगेका इजरायली नागरिकलाई सेनामा सेवा दिनुपर्ने अनिवार्यता

15

लोक सारथी

 

ईजरायलका प्रधानमन्त्री बेञ्जामीन नेतान्याहू दम्पत्तिले आफ्ना कान्छा छोरा एव्नेर नेतान्याहूलाई सेनामा आवद्ध हुन बिदाई गरे।  इजराइलमा 18 बर्ष काटेसि सबैले आर्मिमा कम्तिमा 5 बर्ष सेवा दिन अनिबार्य गरिएको छ। १८ वर्ष पुगेका युवाले अनिवार्य सेनामा सेवा दिनुपर्ने राष्ट्रिय नियम अनुसार एव्नेर  सेनामा  सेवा दिन खटिने छन् ।

इजरायलले युद्धका सबै सम्भावनालाई जवाफी कार्वाही गर्नका लागि हर किसिमको तयारी गर्ने देशहरुमा पर्दछ ।  घर बनाउदा बिना बन्करको घर-नक्सा पास हुदैन। 5 सालमै पेन्सन दिने देश भनेर चिनिन्छ ईजरायल। धर्मलाई लिएर लामो समयदेखि युद्ध खेपिरहेको छ। जम्मा 1% जग्गमा Modern कृषिकार्य गरेर 20/25 छिमेकि देशलाई खद्यान्न उपलब्ध गराको छ।

लगभग 20000 नेपालीले त्यहाँ बिभिन्न सेक्टरमा रोजगारीको अवसर पाएका छन्। IMF ले इजरायलको GDP US $ 564 बिलियन र 2023 मा प्रति व्यक्ति US $ 58,270 (विश्वमा 13 औँ उच्च) रहेको अनुमान गरेको छ, जुन अन्य उच्च विकसित देशहरूसँग तुलना गर्न सकिन्छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको 2022 भ्रष्टाचार धारणा सूचकांक, जसले 180 देशहरूलाई 0 (“अत्यधिक भ्रष्ट”) बाट 100 (“धेरै सफा”) मा स्कोर गरेको छ, इजरायलले 63 अंक दिएको छ जबकि नेपालको हकमा यो अंक 34 छ । इजरायली सरकारको पारदर्शी नीति र योजनाले यो सम्भव भएको हो किन कि त्यहाँ कृपावाद, नातावाद, कानूनको दुरुपयोग, पक्षपात जस्ता रुग्ण अभ्यासलाई बढावा दिइदैन ।

GFP सूचकांकले इजरायललाई शीर्ष 20 विश्व शक्तिको रूपमा जनाउँछ। 2023 को लागि, इजरायल वार्षिक GFP समीक्षाको लागि विचार गरिएका 145 देशहरू मध्ये  18 औं स्थानमा छ। राष्ट्रसँग ०.२७५७ को PwrIndx* स्कोर छ (0.0000 को स्कोरलाई ‘पूर्ण’ मानिन्छ)।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर