Sat2024 July 27
२०८१ साउन १२, शनिबार

३२ औं अन्तर्राष्ट्रिय १६ दिवसीय महिला हिंसा विरुद्धको अभियान

15

सिरहा । लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यवद्धताू भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसीय महिला हिंसा विरुद्धको अभियानको क्रममा सिराहाको भगवानपुर गाउँपालिकामा मङ्सिर २३ गते र्‍याली तथा संवाद कार्यक्रम गरी समपन्न भएको छ ।

समग्र जनउत्थान केन्द्रको आयोजना र इन्सेक, मानव अधिकार रक्षक सञ्जाल, ओरेक, जीवन ज्योति समाज, साथ साथ सिकाइ सञ्जाल र प्रदेश युवा सञ्जाल लगायत संघ संस्थाको समन्वयमा कार्यक्रम समपन्न भएको हो ।

र्‍याली पछि आयोजित संवाद कार्यक्रममा भगवानपुर गाउँपालिका का अध्यक्ष उग्रनारायण यादवले गाउँपालिका मानव अधिकारको रक्षाको सवालमा सचेत भएको बताउनु भयो । महिला माथी हुने हिंसाहरू न्यूनीकरण गर्न संघ संस्थाहरूसँग सहकार्य गर्न तयार रहेको समेत बताउदै उहाँले “तपाईहरू कार्यक्रम लिएर आउनुस म पालिकाको तर्फबाट निर्णय गर्न तयार रहेको” आशवासन दिनु भयो । उपाध्याक्ष रेखा यादवले न्यायीक समिति मार्फत आएका महिला हिंसाका घटनाहरू समयमै मिलाउने गरेको बताउनु भयो । इन्सेक प्रतिनिधि दुर्गा परियारले स्थानीय तहहरूले लैङ्गिक नीति बनाएर हिंसा न्यूनीकरण गर्न सक्ने र लैङ्गिक हिंसा निवारण कोषलाई क्रियाशील बनाई हिंसा पीडितहरूलाई सहयोग गर्न सुझाव दिनु भएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर