Sat2024 July 27
२०८१ साउन १२, शनिबार

४५ जनाको नतिजा रद्द, ९ जनाले तीन वर्षसम्म परीक्षा दिन नपाउने

17

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा प्रश्नपत्र आउट गरेको घटनामा ५४ जना परीक्षार्थी कारबाहीमा परेका छन् ।

प्रहरी अनुसन्धानबाट कसुरदार ठहरिएका ती विद्यार्थीलाई काउन्सिलको भदौ १७ गतेको बैठकले कारबाहीको निर्णय गरेको हो ।  कारबाहीको दायरामा परेका ५७ जनामध्ये ९ जनालाई तीन वर्षसम्म लाइसेन्स परीक्षामा सामेल हुन नपाउनेगरी कारबाही गरिएको हो । उनीहरूविरुद्ध तीन पुस्ते खुलाई थप अभियोगपत्र दायर गर्ने तयारी भएको काउन्सिलकी रजिष्ट्रार शुक्ला खनालले बताइन् ।

“यसअघि सातजनालाई तीन वर्षे कारबाही गरिसकिएको छ, थप दुईजना पनि यही प्रकृतिका कसुरदार ठहरिएका छन्, उनीहरूको तीन पुस्ते खुलेको छैन त्यो खुलाएर थप अभियोग दायर गर्ने काउन्सिलको तयारी छ । तीन वर्षे कारबाहीमा पर्नेमा परीक्षार्थीहरू प्रियंका गुरुङ र सुस्मिता थापा थपिएका छन् । यसअघि काउन्सिलले सात जनालाई सोही प्रकृतिको कारबाही गरेको थियो ।

असार २३ गतेको लाइसेन्स परीक्षा चलिरहेका बेला अल ब्राइट इन्स्टिच्युटको म्यासेन्जर ग्रुपमा प्रश्नपत्र पठाइएको र सो म्यासेज केही समयमै ४०० भन्दा बढी व्यक्तिले ‘सिन’ गरेको पाइएको थियो । सोही दिन बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट, ललितपुरस्थित लिटिल एन्जल्स स्कुल र वाग्मती कलेज काठमाडौं केन्द्रबाट प्रश्नपत्र बाहिरिएको थियो ।  परीक्षामा ६ हजार १० परीक्षार्थी सहभागी थिए ।

प्रश्न पत्र बाहिर ल्याउने व्यक्तिलाई काउन्सिलले खोजी गर्दैन तर लिक भएको प्रश्न पत्र हेर्ने विद्यार्थीलाई कार्वाहीको दायरामा ल्याउँछ, विद्यार्थीको भविष्यसँग खेलवाड गर्छ यो न्याय हो कि अन्याय काउन्सिलले पनि बुझ्न जरुरी छ । मुख्य दोषी अर्कै भएको अवस्थामा निर्दाेष विद्यार्थीहरुले दोषी बनेर कार्वाही भोग्नु पर्दा मानसिकता माथि नै आघात भइ आत्महत्या जस्तो कदम चाल्यो भने यसको जिम्मेवारी कसले लिन्छ ? त्यसतर्फ पनि काउन्सिल र सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर