Sat2024 July 27
२०८१ साउन १२, शनिबार

४ वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ

17

अर्घाखाँची, ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी रेसुङ्गा नगरपालिका-१० सिखेधारा बस्ने २५ वर्षीय राम बहादुर घर्ती थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती बालिकालाई छत्रदेव गाउँपालिका-७ डाँडाखर्कस्थित खर्यानबारिमा लागी बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर