Sat2024 July 27
२०८१ साउन १२, शनिबार

५५ वर्षको उमेरमा एलएलबी अध्ययन गर्ने भूपू सैनिक हरि बहादुरको संकल्प

16

 

लोकनाथ शर्मा लुइटेल, भदौ १८ । गुल्मी शान्तिपुर चन्द्रकोट गाउँपालिका ४ डाँडावन सतिपोखरामा २०२५ सालमा जन्मिएका हरि बहादुर खत्री २०४३ सालमा भारतीय सेनामा भर्ती भै ३२ वर्ष कार्यरत रहि २०७५ सालमा अनरी क्यापटेनको पदसहित रिटायर्ड भए । सेवाबाट निवृत्ति प्राप्त गरेर पेन्सन आइसकेपछि उनले लेखापढी व्यवसायीको प्रमाण–पत्र लिएर लेखापढीकै काम गर्न थाले । अवकाश प्राप्त पछिको दैनिकी अन्तर्गत लेखापढीको काम गर्दै जाँदा उनलाई मनभित्रैबाट आफ्नो योग्यतामा कता–कता कमी भएको महसुस भयोे । उनले कानुन विषयमा स्नातक गरि व्यवसायिक वकिल बन्ने फरक खालको सपना देख्न थाले ।

आफ्नो सपनालाई मूर्तरुप दिन २०४२ सालमै एसएलसी गरेका खत्री विभिन्न खालका घरायसी कारणले आफ्नो पढाइलाई निरन्तरता भने दिन सकेनन् । पढाइमा अब्बल खत्री आफ्नो पढाइलाई स्थगित राखेर भारतीय सेनामा भर्ती हुन पुगे । आफ्नो अध्ययनलाई पल्टनमा निरन्तरता दिन खोजे पनि आर्मीको जिम्मेवारी, दायित्व र व्यस्तताले निरन्तरता दिन सकेनन् । अरु साथीहरु ग्रेजुएट हुन् भन्दैगरेको सुन्दा उनलाई आफूपनि ग्रजुएट हुनै पर्छ भन्ने खालको एक हुटहुटीले सताइरहन्थ्यो । यसै हुटहुटिले गर्दा एसएलसी गरेको ३७ वर्षपछि ५५ वर्षको उमेरमा उनी रुपन्देहीको मणिग्राममा स्थित शान्ति नमुना माध्यमिक विद्यालयबाट ३.५ जिपिए सहित +२ उत्तीर्ण हुन सफल भए ।

 

उनले अब कानून विषय लिएर एलएलबी गर्ने दृढ संकल्पका साथ अध्ययनलाई अगाडि बढाउने मनस्थिति बनाइ सकेका छन् । गुल्मीबाट बसाइ सराई गरि नवलपरासि आएका खत्री अध्ययन को लागि उमेरले छेक्दैन भन्ने अवधारणा राख्नेमध्येहरुमा एक उत्कृष्ट उदाहरणीय र प्रेरणादायी व्यक्तित्व हुन् ।

खत्रीका दुई छोरा छन् जुन एक अध्यापन पेशामा छन् भने अर्को छोरा बैदेशिक रोजगारीको सिलसिलामा विदेशतिर छन् । भारतीय सेनामा कार्यरत हुँदा नै मास्टर डिग्री गर्ने थुप्रै भूपूहरु छन् तर सिपाहीबाट प्रोमोट हुँदै सिपाहीबाट उच्च पद अनररी क्याप्टेन भएर पेन्शन आएर ५५ वर्षमा +२ गरेर कानून बिषयको अध्ययनसँगै वकिल बन्ने प्रणसहितको सपना देख्ने खत्री पहिलो व्यक्ति हुन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर