Sat2024 July 27
२०८१ साउन १२, शनिबार

६ दिनसम्म पनि अस्पतालबाट उठेन मृतकको शव

19

भक्तपुर । सूर्यविनायक नगरपालिका-५, कटुन्जेकी ४३ वर्षीया मायादेवी शाक्यको हत्या भएको भन्दै पीडित परिवारले मृतकको शव ६ दिनसम्म पनि दुबाकोटस्थित काठमाडौँ मेडिकल कलेजबाट शव उठाएको छैन । अस्पतालको पोष्टमार्टम रिपोर्टमा मृतकको शरीरमा रगत जमेको पाइएको र निसास्सिएर मृत्यु भएको उल्लेख भएको जनाउँदै शाक्यको प्राकृतिक मृत्यु नभई उहाँका पति ६१ वर्षीय दानकाजी शाक्यले हत्या गरेको आरोप लगाएर निष्पक्ष छानबिनको माग गर्दै मृतकको माइती पक्षले मायादेवीको शव अस्पतालबाट नबुझेका हुन् ।

मायादेवी शाक्य ०८० मङ्सिर २४ गते आफ्नै घरमा मृत अवस्थामा फेला पर्नुभएको थियो । मृतक शाक्यका बुबा भक्तबहादुर शाक्यले ज्वाईं दानाकाजीले ०८० मङ्सिर २५ गते घटनाका बारेमा जानकारी दिए तापनि आफ्नी छोरीको शरीरमा निलडाम रहेको, शरीरमा रगत जमेको र पतिले पत्नीको मृत्यु भइसकेपछि मात्र आफूलाई थाहा भएको बयान दिएकाले मृत्युको घटनामा गम्भीर रुपले छानबिन गरेर यथार्थ बाहिर ल्याउनु पर्ने माग गर्नुभयो ।

घटनाबारे इन्सेक प्रतिनिधिसँग कुरा गर्दै भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता डिएसपी वसन्त पाठकले प्रहरीको अनुसन्धान र काठमाडौँ मेडिकल कलेजले दिएको पोष्टमार्टम रिपोर्ट अनुसार शाक्यको मृत्यु देखिएकाले मृतकको पति दानकाजी शाक्यलाई मङ्सिर २५ गते गिरफ्तार गरेर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त, जगातीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताउनु भयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर