Mon2024 September 16
२०८१ भदौ ३१, सोमबार

८४ को निर्वाचनमा एक्लै लड्ने गरी तयारी गर्दै एमाले

15

काठमाडौँ, १९ भदौ ।  नेकपा एमालेले २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढाएको छ । एमाले मुख्यालय च्यासलमा मंगलबार सुरु भएको पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा बुधबार बस्ने बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने भएका छन् । कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय छुट्याइएको छ । त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले भनेको छ । निर्णायक ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना नाम दिएको उक्त कार्ययोजनामा पार्टी सदस्यता नवीकरण विस्तार तथा अभिलेखीकरणलाई प्राथमिकतामा राखिएको छ । जसमा १० लाख पार्टी सदस्य पुर्‍याउने लक्ष्य लिइएको छ । त्यस्तै कार्यक्रमको उद्देश्यका रूपमा २०८४ मा हुने चुनावबाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउनुपर्ने उल्लेख गरिएको छ ।

कार्ययोजनामा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन जतिसक्दो चाँडो गर्ने र पार्टी कमिटीहरूलाई व्यवस्थापन गर्ने विषय समेटिएको छ । त्यसैगरी विभिन्न पार्टीहरूबाट पार्टी प्रवेश र पार्टी अधिवेशनबाट बाहिरिएका नेताहरूलाई व्यवस्थापन गर्ने विषय पनि कार्ययोजनामा उल्लेख छ । प्रस्तावमा पार्टी कार्यकर्ता र पार्टी कमिटीको कामको समेत अनिवार्य मूल्याङ्कन गर्नुपर्ने भनिएको छ । यसअघि एमालेले पार्टी कार्यकर्ताको मात्र मूल्याङ्कन गर्ने गरेकोमा प्रस्ताव पारित भए अव पार्टी कमिटीको समेत मूल्याङ्कन गर्ने भएको छ । त्यस्तै विधिसम्मत रूपमा पार्टी कमिटी परिचालन र पार्टीभित्रका अन्तरविरोधहरुको व्यवस्थापन र न्यूनीकरणको विषय पनि कार्ययोजनामा उल्लेख छ । यसैगरी प्रस्तावमा पार्टी कामको मूल्याङ्कनलाई नियमित र व्यवस्थित गरिनुपर्ने उल्लेख छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x