९८ औँ बरिखामा वर्षात् पर्खंदै बा
जीवनका यावत् आशाहरु न्यून छन्
छ त शितल हावाको आशा
अलिकति मिठो, सम्मानित बोलीको आशा
स्मृतिमा रहेका भोगाइका उकाली ओरालीहरु
बेला बेला सल्बलाउने गर्छन्
बटौलीमा नून आएको याद
पन्ध्र दिनको हाटको यात्रा
आफ्ना दामली संसारबाट बिदा भइसके
बेला बेला विरक्तिनु हुन्छ मेरा बा
भन्नु हुन्छ,
धेरै बाँच्नु पनि त सकस नै रहेछ
अनि मैले भन्ने गर्छु
बा हजुर, अझै १०० वर्ष पुग्नु भा छैन ।