Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

17

रुपन्देही, श्रावण ३१ । नेपाल सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । भारतले इन्धनको मूल्य बढाएसङ्गै नेपालमा पनि पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको हो ।

आयल निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मूल्यवृद्धिसँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल/डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल/मट्टितेल १५३ रुपैयाँ थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर