Sat2024 July 27
२०८१ साउन १२, शनिबार

हज गर्न इच्छुक मुसलमानहरुबाट गृह मन्त्रालयले गर्याे आवेदन माग

16

राजु विके, श्रावण ३२ । हज यात्रा सम्बन्धमा गृह मन्त्रालयले मंगलबार (श्रावण ३० गते) सूचना जारी गरेको छ । सन् २०२४ का लागि नेपालबाट हज यात्रा गर्न इच्छुक मुसलमानहरुबाट मन्त्रालयले आवेदन माग सहित सूचना जारी गरेको हो । नेपालले १२०० जना हज यात्री पठाउन सक्नेगरी साउदी अरब सरकारले कोटा निर्धारण गरेको छ । हज यात्राको लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखाको खाता नं ११३०१०००००३९६००१ मा २०८० असोज ३० गते भित्र एक लाख पचार हजार रुपैँया जमा गर्नुपर्ने छ ।

नेपाल हज समितिको सचिवालयको वेब साइट nepalhajj.moha.gov.np मा रहेको हज आवेदन फारम डाउनलोड गरी आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ता बापत उक्त रकम बुझाउन भनिएको छ । डाउनलोड गरेको फारममा आवश्यक विवरण खुलाई नेपाली नागरिकता प्रमाणपत्र र राहदानीको फोटोकपि संलग्न राखि आफ्नो क्षेत्रमा रहेको जिल्ला प्रशासन कार्यालयमा हज गर्न इच्छुकले बुझाउनुपर्ने छ । पासपोर्टको म्याद सकिने मिति सन् २०२४ डिसेम्बर ३० भन्दा पछिसम्मको कायम रहेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

सूचना अनुसार हालसालै सेतो ब्याकग्राउण्डमा खिचिएको पासपोर्ट साइज फोटो २ प्रति, कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाण–पत्र एक प्रति, आवेदकको बैंक खाताको चेकको फोटोकपि (पति वा पत्नी कुनै एकको) बुझाउनु पर्ने छ ।
केही थप जानकारीका लागि नेपाल हज समितिको सचिवालय सिंहदरबारको सम्पर्क नम्बर ०१–४२१११०४/७२ वा इमेल nepalhaj@gmail.com मार्फत सम्पर्क गर्न सकिने छ ।

साउदी अरबको मक्का सहरमा रहेको काबालाई इस्लामीहरुकोे सबैभन्दा पवित्र स्थल मानिन्छ । हज यात्रा विश्वका मुस्लिमहरूका लागि धेरै महत्त्वपूर्ण छ ।कुल पाँच स्तम्भहरु मध्ये ‘हज’ इस्लामहरुको पाँचौं स्तम्भ हो। सबै स्वस्थ र आर्थिक रूपमा सक्षम मुस्लिमहरू आफ्नो जीवनमा एक पटक हजको लागि अवश्य जान्छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर