Sat2024 July 27
२०८१ साउन १२, शनिबार

त्रिशूलीमा बस खस्दा करिब एक दर्जनको मृत्यु

16

रुपन्देही, भदौ ६ । यात्रुवाहक बस नियन्त्रित भइ हुन गएको दुर्घटनामा परी करिब एक दर्जन यात्रुहरुको ज्यान गएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान (भदौ ६ गते) सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो  । दुर्घटनामा परी १० जनाको मृत्यु भएको गौतमले जानकारी दिए । गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालद्वारा घाइते पाँच जनालाई काठमाडौं पठाइएको जानाकारी प्राप्त भएको छ भने मृतकमध्ये २ जना महिला र ८ जना पुरूष रहेका छन् । घाइते ८ जनाको उद्धार भएको छ । दुर्घटना लगतै स्थानीयहरु जमा भइ उद्धार कार्यमा जुटेका थिए भने ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरु पनि मृतकहरुको व्यवस्थापन र घाइतेहरुको बचाउ कार्यमा खटिएका थिए ।

‘गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो । बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ । घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ । गजुरी अस्पतालमा उपचार सम्भव नभएकालाई काठमाडौं पठाइएको खबर बाहिर आएको छ ।
घटनाबारे विस्तृत विवरण आउन अझै बाँकी छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर