Sat2024 July 27
२०८१ साउन १२, शनिबार

६० वर्ष नाघेका ज्येष्ठ नागरिकले उपचार खर्चमा ५० प्रतिशत छुट पाउने

19

रुपन्देही, भदौ ९  । अब ६० वर्ष माथिका जेष्ठ नागरिकहरुले केन्द्रीय अस्पतालहरुमा उपचार गर्दा ५० प्रतिशत छुट पाउने भएका छन् ।
स्वास्थ्य मन्त्रालयले यहि बुधबार सचिवस्तरीय निर्णय गर्दै जेष्ठ नागरिकको उपचारमा छुट सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन सबै केन्द्रीय अस्पताललाई परिपत्र गरेको छ ।

परिपत्रमा मन्त्रालयले केन्द्रीय अस्पतालहरुलाई जेष्ठ नागरिक सम्वन्धी ऐन २०६३ अनुसार दिने भनिएको स्वास्थ्य सुविधा उपलव्ध गराउन भनेको छ ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै जेष्ठ नागरिक सम्वन्धी ऐन कार्यान्वयन गर्न अनुरोध गरेको थियो ।

‘जेष्ठ नागरिक सम्वन्धी ऐन २०६३ मा यातायात र स्वास्थ्य क्षेत्र लगायतका क्षेत्रमा जेष्ठ नागरिकहरुलाइ दिने भनिएका सेवा सुविधाहरु यातायातका सबै साधान र स्थान तथा सबै अस्पतालहरुमा कार्यान्वयन गरियोस,’ भन्ने छ ।
स्वास्थ्य मन्त्रालयले पनि कार्यान्वयन गर्न संघीय अस्पतालहरुलाई अनुरोध गरेको हो ।

उसले सबै विभाग र सबै केन्द्रीय अस्पतालहरुका नाममा गरेको परिपत्रमा पनि सेवानिबृत्त राष्ट्रसेवक संघ नेपालको पत्रको बुँदा नम्बर ५ कार्यान्वयन गरियोस भनेको छ ।
जेष्ठ नागरिक सम्वन्धी ऐनको दफा ९ को ३ र ४ मा जेष्ठ नागरिकको उपचारमा हुने छुट तथा सुविधाका बारेमा उल्लेख छ ।

उपदफा ३ मा ‘स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले जेष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नुु पर्नेछ’ भनिएको छ ।
नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नेपाल सरकारले तोकेको संख्याका जेष्ठ नागरिकले उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनु पर्नेछ,’ भनिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर