Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

एकै ओभरमा दुई विकेटसँगै नेपालको जीत कठिन

18

नेपालले एसियाली खेलकुद (एसियाड) को पहिलो क्वाटरफाइनल खेलमा भारतविरुद्ध एकै ओभरमा दुई प्रमुख ब्याटर गुमाएसँगै जीतको सम्भावना कठिन भएको छ । जीतको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १२ ओभरमा ४ विकेट गुमाउँदै ८८ रन बनायो ।

दीपेन्द्रसिंह ऐरी ८ र सन्दीप जोरा ३ रनमा खेलेका छन् । नेपालले ११ औं ओभरमा दुई प्रमुख विकेट गुमाएको छ । स्पिनर रवि विश्रोईको चौथो बलमा कुशल मल्ल २९ रनमा क्याच आउट भए । ठूलो सट खेलेका कुशलको बल राहुल त्रिपाठीले लङअफमा सानदार क्याच लिँदै रवि विश्रोईलाई समात्न दिएका थिए ।

कुशलले २२ बलमा २ चौका र २ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा रोहित पौडेल ३ रनमा एलबीडब्लू आउट भए । कुशल भुर्तेल ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । डेब्यू खेलेका स्पिनर साई किशोरको नवौं ओभरको पाँचौं बलमा बलमा स्कुप खेल्ने धुनमा कुशल भुर्तेल क्याच आवेश खानबाट क्याच आउट भएका थिए । तर उक्त क्याच भने केहि विवादित देखिन्छ ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर आवेश खानको सर्ट बलमा आसिफ आउट साइड एज लागेर विकेटकिपर जितेश शर्माबाट १० रनमा क्याच आउट भए । आसिफले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतका यशस्वी जैसवालले ४९ ओभरमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर