Sat2024 July 27
२०८१ साउन १२, शनिबार

वीरगाथा साकोसले सेयर सदस्यहरुलाई दियो ”बचत तथा ऋण सेवा तालिम ”

21

लोक सारथी

 

बुटवल–९ मा अवस्थित वीरगाथा साकोसले आफ्ना सेयर सदस्य हरुलाई ”बचत तथा ऋण सेवा ” को पूर्ण जानाकारी दिने उद्देश्यले आज सिद्धार्थ कटेजमा सहकारी शिक्षा तालिम दियो।

वीरगाथामा लामो समयदेखि कार्यरत अनुभवी एवम् कुशल प्रशिक्षक व्यवस्थापक प्रमुख चन्द्र बहादुर रानाले तालिम दिएका थिए । यस कार्यक्रममा ५० जना सेयर सदस्य लगायत समिति उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम वीरगाथा साकोसका अध्यक्ष राज बहादुर थापा ज्युको अध्यक्षतामा सम्म्पन्न भएको थियो  । कार्यक्रमको अन्त्यमा कार्यक्रमको समीक्षा गर्दै महिला र पुरुष सदस्यहरुकोको प्रतिनिधित्व गर्दै शेयर सद्स्यहरुले कार्यक्रम सार्थकता माथि प्रकाश पार्दै आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम चलाउनुपर्ने  भन्दै आ–आफ्नो धारणा राखेका थिए ।  अध्यक्षबाट धन्यबाद मन्तब्य सहित  समापन गरिएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाकै उपाध्यक्ष  गितारानी बलालले राखेकी थिइन् भने कार्यक्रम संचालन सचिव मनमाया थापाले गरेकी थिइन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर