Sat2024 November 2
२०८१ कात्तिक १७, शनिबार

तिलोत्तमाका जनप्रिय वडाध्यक्ष, जसले लिदैनन् तलव र भत्ता

25

तिलोत्तमा १० कार्तिक २०८०। तिलोत्तमा नगरपालिका रुपन्देही जिल्लामा मात्र होइन देशैभरिका स्थानीय निकाय मध्ये उत्कृष्ट नगरपालिकामा गनिन्छ । यस मध्ये तिलोत्तामाकै वडा नं. ६ अर्को उदाहरणीय वडाको रुपमा चिनिन्छ ।

हालका वडा अध्यक्ष गणेश पाठक आफू निर्वाचित भएर आएपछि आफूले पाउने तलव र भत्ता सामाजिक सेवामा लगाइरहनु भएको छ। उनले नगरपालिकाको तलव र भत्ता मात्रै होइन, कुनै बाहिरी कार्यक्रममा बोलाउदा आफूले पाउने पारिश्रमिक समेत सामाजिक सेवामा लगाउँछन्। तिलोत्तमामै पहिलो पटक आफ्नो वडाको ६ वटा व्यस्त चोकमा शुद्ध खानेपानीको प्रबन्ध गरे। वडाका विकास निर्माण चुस्त र प्रभावकारी रुपमा अगाडि बढाई शिक्षा, स्वास्थ्य, सामाजिक सद्भावका क्षेत्रका साथै जनताको दु:ख सुखमा प्रत्यक्ष सहभागीभै आवश्यक सहयोग गर्नु उहाँको विशेषता हो ।

वडा कार्यालयमा आउने सेवाग्राहीहरुको सुविधाका लागि आफ्नै पारिश्रमिकबाट दुईजना सहयोगी कर्मचारी राखिदिनुभै विभिन्न फारम, निवेदन र फोटोकपी गर्नका लागि लेखनदास राख्ने परम्परा तोडेर निशुल्क सेवा उपलब्ध गराएका छन् भने अशक्त, वृद्ध वृद्धाहरुको सामाजिक सुरक्षा (वृद्धभत्ता) र अन्य आवश्यक कागजात तयार गर्न आफू तथा आफ्नो टीम घरघरमै पुगेर आवश्यक परामर्श, सरसल्लाह र सहयोग गर्नेगरेका छन्  ।

युवा, महिला तथा बालबालिकाहरुको व्यक्तित्व विकास, दुर्व्यसन निरुत्साहन र सनातन धर्म संस्कृती र धार्मिक सम्पदाहरुको संरक्षणमा विशेष लगाव रहेको पाइन्छ । अध्यक्ष पाठक भन्छन्-  “मेरो उमेर र सामाजिक लगावले दिए सम्म र बजेट पुगेसम्म मेरै कार्यकालमा वडा नम्बर ६ लाई समृद्ध र खुसि जनताको वडा बनाउन चाहन्छु, बिकास निर्माणमा सबैको सहयोग रहनु जरुरी छ, मेरो हरेक प्रयास २४ घण्टा वडाकै समग्र बिकासमासमर्पित छ । वडा भित्र केही समस्या भए या नराम्रो कुरा भए मलाई भन्नुहोला , राम्रो कुरा सारा संसारलाई बताउनुहोला।” Credit: Tilottama City News.

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x