Sat2024 July 27
२०८१ साउन १२, शनिबार

जातिथरलाई विभेदको आधार मान्दै वृद्धाश्रममा राख्न अस्वीकार गर्ने सञ्चालक पक्राउ

18

मोरङ्ग । उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास (परियार) लाई विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ ।

शोभालाई मनोकल्पित जातिगत भेदभावलाई व्यवहारमा उतार्दै वृद्धाश्रमले राख्न अस्वीकार गरेपछि पीडितले वृद्धाश्रम र वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायविरूद्ध ०८० मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन दाहालले बताए ।

सन्तानविहीन शोभा उर्लावारीमा अलपत्र अवस्थामा बस्दै आउनु भएको थियो, ०८० मङ्सिर १४ गते उर्लावारी नगरपालिका-१ वडा कार्यालयबाट शोभालाई वृद्धाश्रममा राख्नका लागि सिफारिससहित लिएर आउँदा वृद्धाश्रमले थर विजातीय भन्दै राख्न अस्वीकार गरेको उर्लावारी नगरपालिका-१ की वडासदस्य टीका भुजेलले बताइन्।

शोभा सुन्दासलाई राखे वृद्धाश्रममा अरू बस्दैनन् भनि वृद्धाश्रमले मङ्सिर १४ गते फिर्ता गरेको वडासदस्य शोभाले बताइन् ।

वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायले भने शोभाले लगाएको आरोप खण्डन गरेका छन् । आचार्यले जाति वा थरकाकारण शोभालाई नराखिएको होइन, वृद्धाश्रम साँघुरो भएको र भरिएकाले शोभालाई नराखिएको बताए।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर