Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अरिङ्गाल शैलीमा प्रहरी आएर लाठीचार्ज र धडपकड गर्न खोजे पछि राजावादीहरु भागाभाग

17

रुपन्देही,  मंसिर ५ । तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा प्रहरी र राजावादीहरुको भीडन्त भएको छ । उत्तरतिरबाट करिब १०० जनाको जुलुस आइ शंकरनगरचोकमा राँके जुलुस भेला भइ नाराबाजी गर्न लाग्दा प्रहरीहरुसँग केही बेर भीडन्त भएको हो । राजतन्त्र जिन्दाबादको नारा लगाउँदै जुलस चोकमा भेला भएको केही बेरमै बुटवतबाट दुई गाडी प्रहरी आएर जुलुसलाई तितरबितर बनाएको छ । राजतन्त्रको पक्षमा नाराजुलुस गर्नेहरु सबै मसाललाई चोकमै फालेर भाग्न सफल भएका छन् भने प्रहरी पानी हालेर मसाललाई निभाएको छ ।

त्यही क्रममा एक जनाले फोटो खिचेका थिए । फोटो खिच्ने व्यक्तिलाई प्रहरीले फोटो किन खिचेको, यता आउनुस् भन्दा फोटो खिच्ने व्यक्ति भागेका थिए भने निजलाई समात्न १५–२० जना प्रहरीहरु पिछा समेत गरेका थिए ।

यसै क्रममा एक जना बटुवालाई प्रहरीले समातेर भ्यानमा राख्न लाग्दा स्थानीयहरुले निज बाटो हिँड्ने मान्छे हुन् भन्दै छोडीदिन दवाव दिएपछि प्रहरीले समातिएका बटुवालाई छोडेको थियो ।
केही बेर अघि करिब ७ बजे कसको आयोजनामा जुलुस आएको भन्ने कुरा यो समाचार सम्प्रेषण गर्दासम्म खुलेको छैन ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर