Sat2024 July 27
२०८१ साउन १२, शनिबार

ज्योति विकास बैंकको पोखरा शाखाले रत्नशोभा माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर दियो

17

पोखरा । ज्योति विकास बैंकको पोखरा शाखाले एक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । पोखरा महानगरपालिका वडा नं. २८ स्थित रत्नशोभा माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका क्षेत्रीय प्रबन्धक विशाल लामिछानेका अनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘हाम्रो विकास कोष प्रवद्र्धन कोष’ मार्फत् विद्यालयलाई कम्प्युटर प्रदान गरिएको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना र प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीलाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सूचना प्रविधिसम्बन्धी सीपको विकासका साथै प्रयोगात्मक सीपमार्फत् गुणस्तरीय शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले कम्प्युटर प्रदान गरिएको बैंकका क्षेत्रीय प्रबन्धक लामिछानेले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिमिल्सिनाले विद्यालयमा कम्प्युटरलाई अधिकतम प्रयोग गर्दै आधुनिक प्रविधिमार्फत् अध्यापन गराउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बैंकका पोखरा न्यूरोड शाखाका प्रबन्धक सुवास तिवारी, क्षेत्रीय कर्मचारी लोकनारायण मानन्धर र कृष्णप्रसाद तिवारी लगायत सहभागी थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर