Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

पालनपोषण र उचित स्याहार अभावमा बालबालिकाहरुमा कुपोषण

18

संविधानको मौलिक हक अन्तर्गत धारा ३९ को उपधारा २ मा प्रत्येक बालबालिकाहरुलाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वागीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरिएको छ । तर आर्थिक अभावका कारण विहानबेलुकी समेत छाँक टार्न समस्या भएका परिवार तथा स्वास्थ्यसम्बन्धी ज्ञानको अभावमा जिल्लामा यो वर्ष पनि कुपोषणमा सुधार हुन नसकेको पाइएको छ । चालू आर्थिक वर्षमा बालबालिकाहरुको स्वास्थ्य परीक्षण गर्दा २३ जना कुपोषित बालबालिकाहरु भेटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले ०८० साउन महिनादेखि मङ्सिर मसान्तसम्म ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरुमा पोषणको उचाई अनुसार तौल मापन (जेडस्कोर) अभियान संञ्चालनका क्रममा गरिएको परीक्षणमा कुपोषित बालबालिका भेटिएका हुन् ।

पालनपोषण र उचित स्याहार अभावमा कुपोषण देखिएका बालबालिकाहरुमा सिघ्र कडा खालको कुपोषण देखिएको स्वास्थ्य कार्यालय, दार्चुलाका खोप सुपरभाइजर विरेन्द्रराज भट्टले जानकारी दिनु भयो । कुपोषण फेला परेका मध्ये १४ जना निको भएर घर फर्किएका छन् भने ९ जना उपचारार्थ छन् ।

गत आर्थिक वर्षमा जिल्लाभरी ८४ जना बालबालिकामा कुपोषण देखापरेको थियो । कुपोषित बालबालिका मध्ये ७२ जना निको भए भने दुई जनालाई थप उपचारका लागि जिल्लाबाहिर पठाइएको र १२ जना बालालिकाहरु कुपोषण विरुद्धको औषधि सेवन गरिरहेका खोप सुपरभाइजर भट्टले बताउनु भयो । यस्तै

जिल्लामा सरकारी तथा गैरसरकारी क्षेत्रबाट लामो समयदेखि पोषण कार्यक्रम सञ्चालन गरिदैआइएको भए पनि कुपोषित बालबालिकाको सङ्ख्या घटेको छैन् ।  जिल्लामा आर्थिक वर्ष ०७८ / ०७९ मा ५ सय ८३ जना कुपोषित बालबालिका भेटिएका थिए ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर