चिसोले विद्यालय प्रभावित , ३ दिन बन्द गर्ने निर्णय 

पुस २३ गते । वीरगन्ज महानगरपालिकाले चिसो बढेपछि महानगर क्षेत्रभित्रका विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएकाे छ ।

वीरगन्ज महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले मङ्गलबार सूचना जारी गर्दै चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकुल प्रभावलाई ध्यानमा राख्दै पुस २४ गतेदेखि पुस २६ गतेसम्म महानगर क्षेत्रभित्रका विद्यालयहरूमा जाडो बिदा दिइएको जानकारी दिनुभएको हो । 

विद्यार्थीलाई गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण बनाई विद्यालयहरूको प्रशासनिक कार्य भने नियमित रूपमा सञ्चालन गर्न महानगरद्वारा जारी सूचनामा भनिएको छ । यो तीन दिने जाडो बिदा वर्षे बिदाबाट कटौती गरिने भएकाले पठनपाठनको कार्य तालिका नियमित गर्न विद्यालयहरूले यसलाई सकारात्मक रूपमा लिन आग्रह सबैमा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.