रूस–युक्रेन युद्धमा खटिएका उत्तर कोरियाली सैनिकमध्ये ४० प्रतिशतको मृत्यु

लोकसारथि, १० माघ । रूस–युक्रेन युद्धमा खटिएका उत्तर कोरियाली सैनिकहरूको ठूलो संख्यामा मृत्यु भएको पुष्टि भएको छ। तीन महिना अघि रूसलाई सघाउन उत्तर कोरियाबाट ११ देखि १२ हजार सैनिक कुर्स्क क्षेत्रमा पठाइएका थिए, जसमा झन्डै ४० प्रतिशत सैनिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पश्चिमा देश र दक्षिण कोरियाका अधिकारीहरूको अनुसार, युद्धमा खटाइएका उत्तर कोरियाली सैनिकमध्ये ४ हजारभन्दा बढीको ज्यान गइसकेको छ। बीबीसीका अनुसार मृतकमध्ये केही सैनिकहरू घाइते, बेपत्ता र बन्धकसमेत रहेको उल्लेख छ।

यसैबीच, जनवरी मध्यसम्म मात्रै १ हजार उत्तर कोरियाली सैनिक मारिएका थिए। तर, घाइते सैनिकहरूको उपचार कहाँ भइरहेको छ भन्नेबारे हालसम्म कुनै स्पष्ट जानकारी उपलब्ध छैन।

उत्तर कोरियाले रूसलाई सघाउन ठूलो संख्यामा सेना पठाएको भए पनि यसले सैनिकहरूमा गम्भीर प्रभाव पारेको देखिन्छ। घटनाले उत्तर कोरियाली सैनिकहरूको सहभागिताबारे थप चासो र चिन्ता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.