Sat2024 July 27
२०८१ साउन १२, शनिबार

IME Pay लाई क्यानको टिकेटिङ्ग अधिकार

15

 

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले टिकेटिङ्ग अधिकार आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) लाई बेचेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच क्यानले आगमी दुई वर्षको लागि IME PAY लाई उक्त अधिकार बेचेको छ ।

IME PAY ले उक्त अधिकार दुई वर्षको लागि डेढ करोड रुपैयाँमा किनेको हो । क्यानले वार्षिक ७५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।क्यानका सचिव पारस खड्का र IME का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सम्झौता पत्रका हस्ताक्षर गर्दै एकअर्कामा आदन प्रदान गरेका थिए ।

सम्झौता अनुरूप आई एम ईले दुई वर्षको समय अवधिका लागि क्यानले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलहरुको टिकेटिङ्ग पार्टनरका रुपमा काम गर्नेछ । नेपालमा हरेक वर्षमा ३० भन्दा बढी अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने लक्ष्य भएको क्यानका सचिव पारस खड्काले बताएका छन् ।

क्यानले टिकट मूल्यबाट बिक्री हुने कुल पैसाको ८७.५ प्रतिशत रकम पाउनेछ । IME PAY ले १२.५ प्रतिशत टिकटको मूल्य आफूसँग राख्नेछ ।

‘हामी एउटा महा अभियानमा छौं । जसको मुख्य लक्ष्य नेपालमा हुने सबै कारोबार डिजिटल गर्ने हो । यसले सबै अपराधहरु अन्त्य गर्नेछ । क्रिकेटले सबै नेपालीलाई एकता बनाएर राखेको छ । हामी सोमपाल कामी र करण केसीलाई ब्रान्ड एम्बास्डरमा नियुक्त पनि गरेका छौं’, IME PAY का प्रमुख प्रविण रेग्मीले सम्झौता पत्रमा भने ।

पारस खड्काले अव क्यान IME ग्रुपसँग पनि जोडिने बाटो खुलेको बताएका छन् । ‘IME PAY लाई हृदय देखि धन्यवाद । अव क्यानलाई IME ग्रुपसँग पनि जोडिने बाटो खुलेको छ । यो सम्झौता हामिले गरेका छौं । किकेटिङ्ग साझेदारको लागि हामीले अरु कम्पनीसँग पनि कुरा गरेका थियौं । तर अरुले भन्दा आइएमई पे ले राम्रो पैसा दिनु भएको छ’, पारसले सम्झौता कार्यक्रममा भने ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर