Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अनेकौंसँग डेटिङ्गका बावजुद किन रहे सलमान अविवाहित

14

सलमान खानको  धेरै केटीसँग अफेयर रहेको छ, उनको अफेयरको लिस्ट निकै लामो छ । १९ वर्षको उमेरदेखि नै प्रेम सम्बन्ध राख्न सुरु गरेका सलमान ५७ वर्ष पुगे पनि उनको अफेयर रोकिएको छैन, सलमानको अफेयर हेर्दा उनको ८०–९० वर्षसम्म अफेयर रहने र बिहे नगर्ने देखिन्छ ।

सलमान केटी नै नपाएर अविवाहित नै बसेका पनि होइनन् । सलमान खानको अफेयरको लिस्ट निकै लामो छ र अहिले पनि उनको अफेयर रोकिएको छैन तर उनी कसैसँग बिहे गरिरहेका छैनन् । कट्रिना, ऐश्वर्या, संगीता बिजलानी, लुलिया वन्तुर जस्ता सुन्दर प्रेमिका पाए पनि सलमानले बिहे गरेका छैनन् । सलमानले गर्लफ्रेन्ड मात्र बनाउँछन् र केही वर्ष रिलेशनशिपमा रहेपछि उनकी गर्लफ्रेन्डले अर्कैसँग बिहे गरेर सलमानसँग अलग हुन्छिन्, हालै कट्रिनाले पनि त्यस्तै गरिन् । सलमान र सलमान खानका गर्लफ्रेन्डलाई मात्र थाहा छ कि सलमानले उनीहरुसँग बिहे किन गर्दैनन् ।

रिलेशनशिपमा रहेको केही वर्षसम्म पनि सलमानले बिहे गर्न नमाने पछि उनका गर्लफ्रेन्डले उनीसँग ब्रेकअप गर्छन् र अर्कैसँग बिहे गर्छन् । बिहे नगरेकै कारण सलमानलाई धेरैले कुमार नै हुन् भन्ने ठान्छन् तर त्यस्तो हो कि होइन त्यो त सलमानलाई कि त रिलेशनशिपमा रहेकी गर्लफ्रेन्डहरुलाई नै थाहा छ । आजसम्म पनि अविवाहित नै रहनुको पछाडि मकसद ब्रह्मचारी बस्नु त पक्कै होइन । किनकि ब्रह्मचारी बस्न चाहनेले गर्लफ्रेन्ड बनाउँदैन । सलमानको हकमा केही वर्षसम्मको रिलेशनशिप पछि उनकी प्रेमिकाले उनलाई छोडी दिन्छन् । एउटीले छोड्न साथ उनको जीवनमा अर्काे गर्लफ्रेन्ड आइ हाल्छन् । एक वर्ष पनि सलमान बिना गर्लफ्रेन्ड बस्न सक्दैनन् ।

एक अन्ततर्वार्तामा फिल्मका स्क्रिप्ट राइटर तथा सलमानका पिता सलिम खानले सलमानको बिहेलाई लिएर सोधिएको प्रश्न सलमानले बिहे किन गर्दैनन् मा जवाफ दिएको थिए –‘‘सलमानले हरेक महिलामा आफ्नो आमालाई देख्छन् त्यसैले केटीहरुले उनलाई छोडेर जान्छन् ।’’

सलिमको यो जवाफ पनि तर्कसंगत छैन किनकि हरेक केटीमा आफ्नो आमालाई देख्ने मान्छे राम्री राम्री र नयाँ नयाँ केटीहरुसँग रिलेशनशिपमा त बस्दै बस्दैन ।

शाहेन जाफरी, संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राई, स्नेहा उल्लाल, कट्रिना कैफ, क्लाउडिया सिस्ला जस्ता मोहिनी रुप भएका केटीहरुसँग सलमानको सम्बन्ध रहि सकेको छ ।

१. शाहेन जाफरी
सलमान खानको पहिलो प्रेम सुपरस्टार अशोक कुमारकी नातिनी शाहन थिइन् । शाहेनले यो कुरा आफैले बताएकी थिइन् कि सलमा खान र उनी कलेज जीवनमा डेटिङमाथिए । त्यो बेला सलमान केवल १९ वर्षका थिए । शाहेन अनुसार सलमान शाहेनलाई रातो स्पोर्ट्स कारमा कलेजको गेटमा पर्खिरहेका हुन्थे । शाहन जाफरी अरु कोहि नभई बलिउड अभिनेत्री कियारा आडवाणीकी काकी हुन् । एक समय थियो जब सलमान खानले उनलाई डेट गरेका थिए । उनीहरुको प्रेम कथाको चर्चा जताततै भएको थियो ।

२. संगीता बिजलानी
सलमान किशोरावस्थामा सुन्दर अभिनेत्री संगीतासँग प्रेममा डुबेका थिए। तिनीहरू यतिसम्म अघि बढे कि तिनीहरूले मे २७, १९९४ मा आफ्नो विवाहको मिति नै घोषणा गरेका थिए। तर रिपोर्टका अनुसार सलमान अर्की युवती सोमी अलीसँग समातिएपछि सलमानसँग ब्रेकअप भयो र यसैले एक दशकसम्म डेट गर्ने जोडी केही समयमै अलग भयो।

३. सोमी अली
सोमी अली एक पाकिस्तानी अभिनेत्री थिइन् जसले १९९० को दशकमा सलमानलाई डेट गरिन्। तर उनीहरु एकअर्कासँग दुःखी भएकाले एकअर्काबाट टाढिए । सोमीले सलमानलाई उनको सामाजिक सञ्जालमा अप्रत्यक्ष रूपमा दुव्र्यवहार गरेको लगाएकी थिइन्।

४. ऐश्वर्या राई
सलमान खानको प्रेमिकाको सूची उनको चर्चित पूर्व प्रेमिका ऐश्वर्या राई बिना अधुरो छ । उनी सन् १९९७ मा बलिउड क्वीन ऐश्वर्या राईसँग सम्बन्धमा थिए। तर सलमानको आक्रामक र अपमानजनक स्वभावका कारण उनीहरू अलग भए। सन् २००२ मा टाइम्स अफ इण्डियासँगको अन्तर्वार्तामा ऐश्वर्याले सलमान खानले उनलाई मानसिक र शारीरिक दुर्व्यवहार गरेको स्पष्ट रूपमा स्वीकार गरिन् । सलमानले ऐश्वर्यालाई आफूसँग विवाह गर्न प्रत्येक डेटिङ्गमा दवाब दिन्थे । ऐश्वर्या विवाहका लागि तत्पर नै थिइनन् । ऐश्वर्याले विवाह गर्न अस्वीकार गरे १७ औं तलाबाट हाम फाल्ने धम्की समेत दिएका थिए सलमानले। यी सबै कुराले उनको जीवनमा कोलाहल मच्चायो र उनले अन्ततः सलमानलाई छोड्ने सोच बनाइन् र अभिषेक बच्चनसँग विवाह गरिन् ।

५. स्नेहा उल्लाल
स्नेहाले पनि सलमानसँगको प्रेम सम्बन्धलाई समर्थन गरिन् । उनले सन् २००५ मा आफ्नो डेब्यू फिल्म लकी –नो टाइम फर लव सलमानसँग गरेकी थिइन्। त्यही क्षणदेखि उनीहरु प्रेममा थिए । यो पनि टिप्पणी छ कि स्नेहामा ऐश्वर्याको जस्तै रुपरंग छ। त्यतिबेला उनी पनि विवाहका लागि तयार थिइनन् र यसले उनीहरुको सम्बन्ध टुट्यो ।

६. कट्रिना कैफ
सलमान खानले कट्रिनालाई २००५ देखि २००९ सम्म डेट गरे। उनी भर्खर १८ वर्षकी थिइन् जब उनले ड्यासिङ केटासँग डेट गर्न थालेकी थिइन्। तर जब उनी अजब प्रेम की गजब कहानीको सुटिङमा थिइन्, उनले रणबीरसँग अगाडि बढ्ने निर्णय गरिन्, त्यसैले ढिला नगरी उनले सलमानलाई रणवीरसँग आफू अगाडि बढिसकेको भन्दै टेक्स्ट मेसेज गरिन्। सलमान रिसाए र शुटिङ्ग हुँदै गरेको ठाउँमै गएर रिस कट्रिनामाथि रिस पोखे । सलमानको यो रुप देखेर कट्रिनाले झन् डराइन् र उनले आफू सलमानसँग बस्न नसक्ने भन्दै घोषणा नै गरिन् । यसले सलमान भित्रैबाट टुटे तर आज पनि उनीहरू एकअर्कासँग साथित्वको भावना राख्दछन्।

७. क्लाउडिया सिस्ला
सन् २००९ मा क्लाउडिया केवल २२ वर्षकी थिइन् जब उनको नाम सलमानसँगको अफेयरमा जोडियो । क्लाउडियाले कुरा नखोले पनि सलमान मात्र उनको बन्नु पर्छ भन्ने नै थियो । तर कट्रिनासँगको डेटिङ्गबारे थाहा पाएपछि क्लाउडिया पनि सलमानबाट टाढिइन् । क्लाउडिया पोल्याण्डमा जन्मेकी जर्मन अभिनेत्री र मोडल हुन् जसले मुख्य रुपमा भारतीय फिल्म इण्डस्ट्रिमा काम गर्छिन् । क्लाउडियाले कर्मा फिल्ममा अभिनय गरेकी छन् । फिल्मको डबिङ्गका दौरान सन् २००८ मा सलमानसँग उनको भेट भएको थियो ।

 

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर