Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

15

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । बिहीबार मकवानपुरको हेटौँडामा भएको विशेष साधारण सभाले अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्ताव अस्वीकृत गरेको हो ।

अविश्वास प्रस्तावका लागि भएको मतदानमा कुल ५३ मत खसेको थियो । जसमध्ये ५२ मत प्रस्तावको विपक्षीमा खस्दा एक मत बदर भएको हो । एन्फाको साधारण सभामा ८७ सदस्यसँग मताधिकार रहे पनि बाँकीले भने मतदान गरेनन् ।

नेम्वाङ गत वर्ष असार ६ गतेको साधारण सभाबाट एन्फा केन्द्रीय कार्यसमितिका आएका थिए । तर, भदौ २५ गते एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङको बर्खास्तीको माग गर्दै निवेदन दर्ता गराएका थिए ।

एन्फाको इतिहासमा नेम्वाङ अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर