Sat2024 July 27
२०८१ साउन १२, शनिबार

तिलोत्तमा नगरपालिकाको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

16

लोकनाथ लुइटेल, रुपन्देही, भदौ ६ । तिलोत्तमा नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम तिलोत्तमा नगरपालिकाको मुख्य कार्यालय परिसरमै सम्पन्न भएको हो ।
कार्यक्रममा पालिकाका जनसमुदाय, टोलविकास संस्था, आमा समूह, विभिन्न सन्जालमा आबद्ध व्यक्तित्वहरु, क्लब, समाजसेवी, बुद्धिजिवी लगायतको बाक्लो उपस्थिति थियो ।

नगरप्रमुख रामकृष्ण खाँडको अध्यक्षता तथा उप–प्रमुख जगेश्वर देवी चौधरीको प्रमुख आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा नगरमा भए गरेका कामहरुको विवरण प्रस्तुत गरिएको थियो ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, मल, बिउ, खाद्यान्न, अस्पताल, टेक्नोलोजी, बाटो घाटो, बिजुली, फोहोर मैला व्यवस्थापन, अनुगमन, छाडा पशु व्यवस्थापन , खेल मैदान, सुशासन जस्ता विविध बिषयलाई केन्द्रित गरि गहन छलफल भएको थियो ।

नगरलाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउनको लागि विभिन्न व्यक्तित्वहरुबाट सल्लाह सुझावहरु आएका थिए भने सो सम्बन्धमा आधारित रहेर सोधिएका प्रश्नहरुको जवाफ नगर प्रमुख खाँडले स्पष्ट पारेका थिए ।
दिउँसो दुई बजेदेखि सुरुभएको उक्त कार्यक्रमको सहजीकरण विनोद परियारले गरेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर