Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कार्य अवधिभर सबैको प्यारो कृष्णप्रसाद अधिकारीलाई विदाई

19

 

असोज १६, रुपन्देही । नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीलाई विदाई गरिएको छ । अर्घाखाँची स्थायी घर भइ हाल कपिलवस्तुको पिपरामा बस्दै आएका कृष्णप्रसाद अधिकारीलाई एक कार्यक्रमका बीच विदाई गरिएको प्राधिकरण स्रोतले बताएको छ ।

अधिकारीले सुरुमा नेपाल सरकारको खरिदार शुब्बामा नाम निकाले त्यस पछि नेपाल विद्युत प्राधिकरणमा प्रशासकीय अधिकृतमा  उत्तीर्ण भएर नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रमा उनको पोस्टिङ्ग भएको थियो ।

नेविप्रा भैरहवा वितरण केन्द्रमा करिब ६ महिना प्रशासन प्रमुखको पदमा रहि हालै असोज महिनामा नेपाल सरकारको रा.प. तृतीय श्रेणी शाखा अधिकृतमा नाम निकाल्न सफल भएपछि अधिाकरीले प्रशासन प्रमुख पदबाट राजीनामा दिएको प्राधिकरणका कर्मचारी शक्तिराज घिमिरेले बताए ।

नेविप्रा भैरहवामा कार्य अवधि भर उनी सबैको प्यारो बने । कार्यालयमा खटिएका १३८ जना सबै कर्मचारीहरुको लागि उनी प्रेरणा बने । उनले आफूलाई प्रशासन प्रमुख ठानेनन्, सबैसँग मित्रवत व्यवहार गरे । उनको यही मिलनसारिताले छोटो अवधिमै सबैमाझ लोकप्रिय पनि बनायो ।

उनको आगामी सफल कार्यकालको शुभकामना र थप उत्तरोउत्तर प्रगतिको कामना सहित नेविप्रा भैरहवा वितरण केन्द्रले अबीर लगाएर, खादा ओढाएर शाखा अधिकृत पदमा सफलता प्राप्तिको बधाईसँगै मायाको चिनो सहित सम्मान प्रदान गर्दै विदाइ गरको छ । विदाइ मन्तव्य दिने क्रममा यस्ता असल र ऊर्जाशील कर्मचारी प्राधिकरणले नपाउने सहकर्मीहरुले बताएका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर