Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पाल्पामा जेसीबी पुरिँदा चालकको मृत्यु

15

पाल्पाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा पहिरोले जेसीबीसहित पुरिँदा चालकको मृत्यु भएको छ ।

दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको हो। उपचारको को लागि तानसेनस्थित मिसन अस्पतालमा सोमबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो।

आइतबार साँझ ६ बजेतिर सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसीबी पुरेको हो    पहिरोले जेसिबीसँगै मृतक खड्का समेत पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिएका थिए।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर