Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पैँचो पसल प्रा.लि.लाई जरिवाना

19

बुटवल, साउन ३२ । पैँचो पसललाई जिल्ला अदालतले जरिवाना गर्ने फैसला गरेको छ ।  न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको आरोपमा पैँचो पसल प्रा.लि.लाई जरिवाना गर्ने फैसला गुल्मी जिल्ला अदालतले गरेको हो।
खाद्य तथा गुण नियन्त्रण विभागले दायर गरेको उजुरी माथि मंगलवार फैसला गर्दै गुल्मी जिल्ला अदालतले उक्त जरिवाना फैसला सुनाएको हो । विभागले टमाटरको ससमा कम गुणस्तरको पदार्थ प्रयोग गरी निर्माण गरेको भन्दै गुल्मी जिल्ला अदालतले पैँचो पसलका अध्यक्ष ध्रुव न्यौपानेलाई ५० हजार रुपैँया जरिवाना तोकेको जिल्ला अदालत श्रोतले बताएको छ।

२०७८ सालमा खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा पैँचो पसलले उत्पादन गरेको उक्त ससमा अखाद्य बस्तु भेटिएपछि विभागको तर्फबाट कर्मचारी प्रमिला राईले ०७९ चैत १४ मा पैँचो पसल प्रालि विरुद्ध जिल्ला अदालतमा जाहेरी दिएकी थिईन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पैँचो पसलले खाद्य सम्वन्धी ऐन २०२३ बमोजिम तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको टमाटरको सस उत्पादन गरेको प्रतिवेदन पेश गरेपछि सोही प्रतिवेदनलाई आधार बनाएर कारवाही स्वरुप जरिवाना तोकिएको गुल्मी जिल्ला अदालतले जनाएको छ।

पैँचो पसलको नामबाट कृषिजन्य वस्तु संकलन, उत्पादन तथा विक्रि वितरण हुन्छ। पैँचो पसलले किसानहरुबाट कृषिजन्य खाद्य पदार्थ संकलन गरेर बजारसम्म ल्याउने पूलको काम पनि गरेको छ । नेपालका लगभग सबै जिल्लाहरुमा पैँचो पसल पुगेको छ ।

मणिग्राममा रहेको पैँचो पसलले गुल्मी अर्घाखाँची, रुकुम, रोल्पाबाट आएको अर्गानिक तरकारी भन्दै मणिग्रामकै सब्जी मन्डिको अनु तरकारी होलसेल पसलबाट भारतीय सिमि, टमाटर र भक्तपुरे काक्रो किनेर बेचेको खुलासा भएको छ। यसरी सिधासादा जनतालाई गुमराहमा राख्नु सर्वसाधारणको सूचनाको हक विरुद्ध भएको एक उपभोक्ताले बताए । सम्बन्धित निकायले नियमित अनुगमन तथा कडाई नगरेमा उपभोक्ताहरु ठगिने, भ्रमित बनाइने र व्यापारीहरुले अनुचित लाभ उठाउने कार्यमा वृद्धि आउन सक्ने हुनाले सरोकारवालाहरुको ध्यान त्यसतर्फ जानु आवश्यक देखिन्छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर