Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार घटनाका आरोपित गिरफ्तार

19

लमजुङ । १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोथार– ३ बस्ने ६२ वर्षीय उदिमजंग गुरुङलाई प्रहरीले ०८० पुस ६ गते गिरफ्तार गरेको छ ।

पीडित १४ वर्षीया बालिकालाई भदौ २४ गते र १२ वर्षीया बालिकालाई कात्तिक २६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले ०८० पुस ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरि जिल्ला अदालतबाट ७ दिनको थप म्याद थप गरी अनुसन्धान अघि बढाइएकोे  जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थानेश्वर चपाईले बताउनुभयो ।

पीडित बालिकाहरुको स्वास्थ्य परीक्षण पुस ६ गते लमजुङ अस्पतालमा गरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर