Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भारतबाट सेवानिवृत्त नेपाली भूपू सैनिकहरुले ७७औं स्वतन्त्रता दिवस मनाए

18

क्याप्टेन राजबहादुर थापा, रुपन्देही ।
भारतबाट सेवानिवृत्त नेपाली भूपू सैनिकहरुले स्वतन्त्रता दिवस भव्यता साथ मनाएका छन् ।  भारत करिब ९० वर्ष लामो गुलामी पछि ब्रिटिशहरुको कब्जाबाट मुक्त भएको दिनको अवसर पारेर स्वतन्त्रता दिवसलाई उत्सवको रुपमा मनाइएको हो । सन् १८५८ अघि सन् १७५७ देखि नै १०१ वर्षसम्म ग्रेट ब्रिटेनले भारतलाई उपनिवेशको रुपमा प्रयोग गर्दै आएको थियो भने सन् १८५८ देखि १९४७ सम्म भारतमाथि ब्रिटिशहरुले प्रत्यक्ष शासन गर्न थालेका थिए । भारत करिब ९० वर्ष लामो गुलामी पछि ब्रिटिशहरुको कब्जाबाट मुक्त भएको दिनको अवसर पारेर स्वतन्त्रता दिवसलाई उत्सवको रुपमा मनाइएको हो । सन् १८५८ देखि १९४७ सम्म भारतमाथि ब्रिटिशहरुले शासन गरेका थिए । करिब २०० वर्षसम्म बृटिशको उपनिवेस रहेको भारत १५ अगस्त १९४७ मा स्वतन्त्र भएको थियो। जब भारत स्वतन्त्र भयो तब भारत दुई भागमा बाँडियो, हिन्दुस्तान र पाकिस्तान ।

हिन्दूहरु हिन्दुस्तान र मुस्लिम पाकिस्तान बसाइसराई गरे । स्वत्न्त्रता पछि पनि धार्मिक द्वन्द्व लामो समयसम्म चलिरह्यो । त्यस पछि पाकिस्तानले १४ र हिस्न्दुस्तानले १५ अगस्तका दिन स्वतन्त्रता दिवस मनाउन थाल्यो । एकै समयमा घोषण गरिए पनि बृटिश गभर्नरले पाकिस्तान एन्ड हिन्दुस्तान भनेको हुनाले पाकिस्तानले एक दिन अगाडि आजादी दिवस मनाउँदै आइरहेको छ ।

आज भारत स्वतन्त्र भएको ७७ वर्ष भयो । स्वतन्त्रता दिवस खासगरी भारतीय सेनाले भव्यरुपमा मनाउने हुँदा यसको विशेष महत्व छ । यसै दिनलाई अबसर पारि आज बुटवल फूलबारी क्याम्पमा १५ अगस्त अथवा भारतको ७७ औं स्वतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा भूपू तथा वीर नारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पल्टनमा सेवारत छँदा पहिलो र दोस्रो विश्वयुद्धदेखि आजसम्म बहादुरीको साथ दुश्मनसँग लड्दै वीरगति प्राप्त गरेर विश्वभर बहादुर गोर्खालीको परिचय् दिदै र वीरताको तग्मा हासिल गरी कीर्तिमान कायम गर्न सफल हुनुभएका तथा वीर गोर्खा भनेर विश्वमा नेपाललाई चिनाउनु भएका सम्पूर्ण सहीदहरुप्रति उहाँहरुको सदगति तथा चिरशान्तिको कामना गरिएको थियो । देशप्रतिको वफादारी तथा आफ्नो कर्तव्यप्रतिको इमानदारिता स्वरुप स्वयंको प्राण समेतलाई बलिदान दिन पछि नपर्ने उनै वीर समूतहरुको सम्झनामा १ मिनट मौन धारणसँगै ७७ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा परस्पर शुभकामना आदान–प्रदान गरिएको थियो !

उक्त कार्यक्रममा पूर्व सैनिक कल्यानकारी माहासंघका अध्यक्ष क्याप्टेन कृष्णबहादुर थापा, पूर्व जोनल मेम्बर क्याप्टेन जनक थापा, महसचिब सुबेदार कुल बहादुर केसी, पूर्व सेक्रेट्री अनररी सुबेदार मेजर पदम प्रताप जिसी तथा बिभिन्न भूपू एकाइ संघका प्रतिनिधि तथा वीर नारीहरुको उपस्थिति उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता कर्नल बि.बि. रेस्मीले गरेका थिए भने बुटवल जिल्ला सैनिक बोर्डका सेक्रेट्रीद्वारा कार्यक्रम सन्चालन भएको थियो ! विभिन्न वक्ताहरुले कार्यक्रमा बोल्ने क्रममा गोर्खा पल्टनमा गोर्खालीको भूमिका तथा योगदान बारेपनि प्रकाश पारेका थिए । फूलबारी क्याम्पको मेडिकल, सुविधा बारेपनि प्रकास पारिएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर