Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मन्त्री साउद, इजरायली राजदूत गोडरले श्रद्धाञ्जली अर्पण गरे

18

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र नेपालका लागि इजरायलका राजदूत हानान गोडरले इजरायलको गाजामा गत अक्टोबर ७ मा हमास लडाकू समूहको आक्रमणमा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

इजरायलबाट आज नेपाल ल्याइएका विद्यार्थीको शवलाई मन्त्री साउद र राजदूत गोडेरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अक्टोबर ७ मा इजरायलको गाजामा हमास आतङ्ककारी समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

आज बिहान ल्याइएको शवमा दार्चुलाका लोकेन्द्रसिंह धामी र दिपेशराज विष्टको पनि समावेश छ । यसअघि कैलालीका नारायणप्रसाद न्यौपानेको पार्थिव शरीर हिजो राति ल्याइएको थियो । कैलालीका आशिष चौधरीको शव आज दिउँसो १ बजे नेपाल आइपुगेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए ।

बाँकी ६ नेपाली विद्यार्थीको शव पहिचान गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको बताइएको छ ।

आज ल्याइएका तीनै जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट कैलालीको धनगढीमा ल्याउने तयारी भइरहेको मन्त्रीका प्रेस संयोजकले जानकारी दिए । धनगढी विमानस्थलबाट शव मृतक विद्यार्थीको घरमा लगिने बताइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर