Sat2024 July 27
२०८१ साउन १२, शनिबार

रोजगारी सिर्जनाका लागि बालेनले ल्याए ‘श्रम बैंक स्वर्णिम योजना’

20
लोक सारथी
करिब २१ घण्टा अघि बालेनले आफ्नो सामाजिक सञ्जालमा राखेका एउटा भिडियो सहितको सूचना निकै भाइरल बनेको छ । उनले काठमाडौमा व्याप्त बेरोजगारीको समस्या समाधानका लागि ठूलो योजना ल्याइएको बताएका छन् । बालेनले स्टाटसमा लेखेका छन् – “काठमाडौँ महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरि रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याएको छ। हरेक बर्ष कम्तिमा १५००० जनालाई सीपमूलक तालिम दिने र कम्तिमा ५००० नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना ल्याइएको हो भने महानगरमा रहेका दक्ष , अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाई एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंकको स्थापना गर्ने भएको छ ।”
रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई  सीपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याइएको हो  भन्दै काठमाडौ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका छन् । महानगरका स्थायी बासिन्दा, महानगरका करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आबद्ध हुन सक्ने बालेनले बताएका छन्  ।
श्रम बैंक स्वर्णिम योजना बारे थप प्रकाश पार्दै बालेनले निम्न अनुसारका विस्तृत जानकारीहरु दिएका छन् :
१. श्रम बैंक मा आबद्द भएका दक्ष कामदार हरु लाइ अन्तर्वार्ता तयारिका साथ सोझै काममा लगाइने
२. अर्धदक्ष जनशक्तिलाई skill upgrade का लागि तालिम दिई काममा लगाइने
३. अदक्ष कामदार हरुलाइ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना मार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने
महानगर को उद्देश्य रहेको छ।
श्रम बैंक मा आबद्द जनशक्तिलाई तपशिलका ३ स्थानहरुमा व्यवस्थापन गरिने छ-:
१) महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगायतका क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन
२) महानगर job portal मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ-संस्थाहरु
३) महानगरको श्रम बैंक एप मार्फत part time job को रुपमा सबै सेवाहरु घण्टाका आधारमा तथा पटकेका रुपमा जुन सुकै काम  गर्न मिल्ने व्यवस्था मिलाइने
सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य इन्सुरेन्स गरिनेछ।
गौरबको योजना मार्फत विभिन्न १५ स्थानहरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टरको स्थापना गरि बाह्रै महिना बिहानदेखि साँझसम्म नियमित तालिम संचालन गरिने छ। सोका लागि महानगरले बजार मुखी syllabus निर्माणको समेत काम गरिरहेको छ।
निजी क्षेत्र, सरकारी , गैरसरकारी क्षेत्र, उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवस्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्रको आवस्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था मिलाइएको छ।
श्रम बैंक मा आबद्ध हुन का लागि तलको लिंक वा क्यु आर मा क्लिक गरि फारम भरि आबेदन दिन सक्नुहुनेछ।
सिप बिकास तालिम लिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस
वा काठमाडौ महानगरपलिका कार्यालय तथा वडा कार्यलयहरुमा सम्पर्क राखेर फोर्म भर्न सक्नु हुनेछ ।
साथै महानगर भित्र संचालित विभिन्न जब एजेन्सीहरु र तालिम प्रदायक संस्थाहरुको नियमित अनुगमन समेत यसै परियोजना मार्फत गरिनेछ। महानगरले तयार गरेको जब पोर्टल  (Job Portal) र सबै सेवाका लागि निर्मित handyman जस्तै श्रम बैंक एप को open api हाल संचालनमा रहेका अन्य निजी कम्पनिका सोहि प्रकृतिका एपहरुलाई नि:शुल्क उपलब्ध गराइनेछ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर