Sat2024 July 27
२०८१ साउन १२, शनिबार

UAE स्थित NRNA द्वारा राहत तथा उद्धार समिति गठन

17

रुपन्देही। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले राहत तथा उद्धार समिति गठन गरेको छ । उपाध्यक्ष भीम मल्ल ठकुरीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा अरुण अधिकारी, मानबहादुर सुनार, प्रकाश थापा, गीता विष्ट, विनोद रत्न तुलाधर, कुमार श्रेष्ठ र नवराज श्रेष्ठ रहेका छन् ।

एनआरएनए यूएई नेपाल एसोसिएसनको नाममा दुबई र नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट मान्यता प्राप्त संस्था हो । आम नेपाली श्रमिकहरुको स्वयंसेवी सेवा र सहयोगका लागि समिति गठन गरिएको अध्यक्ष विकास शाहीले जानकारी दिए ।

समितिले स्थानीय प्रहरी, स्थानीय सम्वन्धित निकायहरु, नेपाल सरकार, नेपाली राजदूतावास तथा अन्य सरोकारवालाहरुसँग समन्वय गरी रोजगारीको सिलसिलामा युएई आएर समस्यामा परेका वास्तविक पीडित नेपालीको राहत सहयोग र उद्धारका लागि काम गर्ने शाहीको भनाइ छ ।

कुनै पनि प्रकार आपत विपद पर्दा राष्ट्रिय कार्यसमितिका अध्यक्ष, महासचिव वा कोषाध्यक्षलाई सिधा सम्पर्क गर्न सकिने छः
१. विकास शाहीः अध्यक्ष -bikasshahi7@gmail.com
२. भुवनकुमार वाग्ले -bhuwankwagle@gmail.com
३. गोविन्द पराजुली (सुमन) -sumanparajuly7@gmail.com

त्यसैगरी आवश्यकता परेमा वास्तविक पीडितहरुले तल खुलाइएका संयोजक तथा सदस्यहरुलाई  सिधा सम्पर्क गर्न सक्नेछन् ।

  1. Bhim Malla Thakuri  (Co-ordinator),  E-mail: bhimmalla1@gmail.com, Contact: 501090844
  2. Arun Adhikari (Member)    E-mail: chefarun1212@gmail.com, Contact: 561982732
  3. Man Bahadur Sunar-Manu (Member)    E-mail: thanksmanu123@gmail.com, Contact: 581134936
  4. Prakash Thapa (Member)    E-mail: thapa7u@gmail.com, Contact: 585304402
  5. Geeta Bista (Member)    E-mail:geetabista845@gmail.com, Contact: 502545466
  6. Vinod Ratna Tuladhar (Member)    E-mail: vinodratnatuladhar@gmail.com, Contact: 508469472
  7. Kumar Shrestha (Member)    E-mail:kumar0901k@gmail.com, Contact:523909781
  8. Nabaraj Shrestha (Member)    E-mail:nabaraj.shrestha@gmail.com, Contact: 554594421

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर