शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा झवीन्द्र भण्डारी पुनः अध्यक्षमा निर्वाचित

लोकसारथि, माघ २४ । शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा आज सम्पन्न कार्यसमिति निर्वाचनबाट झवीन्द्र भण्डारी दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ।

निर्वाचन समितिका अनुसार, निर्वाचनमा सहभागी भएका १०२ जना पार्षदहरूले मतदान गरेका थिए। अध्यक्षका दुई उम्मेदवारमध्ये भण्डारीले ७१ मत प्राप्त गर्दै विजयी हुनुभयो भने अर्का प्रत्यासी केशवप्रसाद श्रेष्ठले ३१ मतमा सिमित रहनुभयो।

झवीन्द्र भण्डारीले पहिलो कार्यकालमा संस्थामा सुधारका महत्त्वपूर्ण कामहरू गर्दै उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको थियो। उहाँको उत्कृष्ट नेतृत्वका लागि खानेपानी मन्त्री माननीय प्रदीप यादवले संस्थाको तर्फबाट विशेष सम्मानसमेत गर्नुभएको थियो।

अध्यक्षमा पुनः निर्वाचित भएपछि भण्डारीले संस्थाको सेवा र सुधारलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “सहकर्मीहरूको विश्वास र समर्थनप्रति आभारी छु। आगामी कार्यकालमा संस्थालाई अझ सुदृढ र पारदर्शी बनाउँदै उपभोक्ताहरूलाई गुणस्तरीय सेवा पुर्‍याउने मेरो प्राथमिकता हुनेछ।”

अध्यक्ष झवीन्द्र भण्डारीसहित नवनिर्वाचित कार्यसमितिलाई स्थानीय बासिन्दा, उपभोक्ता तथा विभिन्न संघसंस्थाहरूले सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.