यस वर्षको एसईई परीक्षा चैत ७ देखि सुरु, ५ लाख १० हजार परीक्षार्थी सहभागी

लोकसारथि, २७ फागुन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार ५ लाख १० हजार परीक्षार्थी यसपटकको एसईई परीक्षामा सहभागी हुँदैछन्।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि केन्द्रबाट गरिने सम्पूर्ण तयारी पूरा भइसकेको छ। उत्तरपुस्तिका र प्रश्नपत्रहरू सबै जिल्लामा पुर्‍याइएको छ। अनिवार्य विषयका लागि प्रदेशअनुसार फरक प्रश्नपत्र तयार पारिएको छ भने ऐच्छिक विषयहरूमा विद्यार्थी संख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ।

यस वर्ष जापानबाट पनि २९ जना परीक्षार्थी एसईई परीक्षा दिने भएका छन्। जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयमा अध्ययनरत ती विद्यार्थीहरू एसईईमा सहभागी हुनेछन्। गत वर्ष जापानबाट २३ जनाले परीक्षा दिएका थिए।

गत वर्ष ४ लाख ४४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए। तिनमध्ये २ लाख ४२ हजार ९२ जनाले मात्रै ग्रेड प्राप्त गरेका थिए। यस वर्ष परीक्षामा सहभागी हुने विद्यार्थी संख्या वृद्धि भएको देखिएको छ।

एसईई परीक्षालाई व्यवस्थित बनाउन परीक्षा बोर्डले आवश्यक तयारी गरिसकेको छ। परीक्षाको सफल र मर्यादित सञ्चालनका लागि बोर्डले सबै परीक्षा केन्द्रलाई निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.