लोकसारथि, १२ फागुन । ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचनाहरू हटाउन डोजर चलाएको
ललितपुर(५ मा रहेको ऐतिहासिक न्हुँ पोखरीको संरक्षण र पुनर्निर्माण गर्ने उद्देश्यले सोमबार बिहान महानगरले वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत संरचनाहरू हटाउने कार्य थालेको हो।
ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाच्छेथुका अनुसार, “त्यहाँ एउटा ऐतिहासिक पोखरी छ, जुन धेरैलाई थाहा छैन। पोखरीलाई पुनर्निर्माण गर्न अस्थायी र अनधिकृत भवन हटाउन लागिएको हो।”
महानगरले ऐतिहासिक सम्पदाको संरक्षण र सार्वजनिक स्थलको व्यवस्थापनलाई प्राथमिकता दिँदै यस्ता अवैध संरचनाहरू हटाउने अभियानलाई तीव्रता दिने जनाएको छ।
Post Views: 19