लोकसारथि, २८ फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक महिला क्रिकेट खेलाडीहरूको वर्गीकरण गर्दै उनीहरूको मासिक तलब व्यवस्था गरेको छ। क्यानले महिला खेलाडीलाई चार वटा श्रेणी (ग्रेड) मा वर्गीकरण गरेको छ।
ग्रेड एमा चार खेलाडी समावेश
क्यानले ग्रेड ‘ए’ मा उत्कृष्ट प्रदर्शन गरेका चार खेलाडीलाई राखेको छ। इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री, र सीता राना मगरलाई ग्रेड ‘ए’ मा समेटिएको छ।
अन्य श्रेणीको वर्गीकरण
- ग्रेड ‘बी’ : कविता जोशी
- ग्रेड ‘सी’ : कविता कुँवर, सम्झना खड्का
- ग्रेड ‘डी’ : बिन्दु रावल, अलिशा यादव, साना प्रविन, रिया शर्मा, सीमा केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृष्णा गुरुङ, जोत्सनिका मारासिनी, रचना चौधरी, मनिषा उपाध्याय
तलब संरचना
क्यानले खेलाडीहरूको ग्रेडअनुसार मासिक तलब निर्धारण गरेको छ।
- ग्रेड ‘ए’ : मासिक रु. ५०,०००
- ग्रेड ‘बी’ : मासिक रु. ३५,०००
- ग्रेड ‘सी’ : मासिक रु. २५,०००
- ग्रेड ‘डी’ : मासिक रु. २०,०००
महिला क्रिकेट खेलाडीहरूको वर्गीकरण र तलब व्यवस्थाले खेलाडीहरूलाई थप हौसला प्रदान गर्ने तथा नेपाली महिला क्रिकेटको विकासलाई टेवा पुग्ने विश्वास गरिएको छ।
Post Views: 4