रोटीका लागि अब झन् कराउँदै पाकिस्तान! ट्रम्पले फेरि रोके खैरात, अमेरिकाबाट यति धेरै करोड सहयोग कटौती

काठमाडौं। भारतको छिमेकी देश पाकिस्तान कहिले कटोरा लिएर आईएमएफको ढोका ढकढक्याउँछ त कहिले अरब देशहरूसँग सहयोग माग्न पुग्छ। तर यो पटक पाकिस्तानको यो आदत काम लाग्ने सम्भावना निकै कम देखिएको छ। यसको कारण हो डोनाल्ड ट्रम्पको पाकिस्तानप्रति कडा रवैया। सत्ता सम्हाल्ने बित्तिकै ट्रम्पले पाकिस्तानको नागरिक सहायता (सिभिल एड) पनि बन्द गरिदिएका छन्।

सन् २०२४ मा जो बाइडेन प्रशासनले पाकिस्तानलाई १६ मिलियन डलर (करिब 2 अर्ब 11 करोड 20 लाख रुपैयाँ) नागरिक सहायता स्वरूप प्रदान गरेको थियो। यो रकम पाकिस्तानका आर्थिक रूपमा कमजोर जनताको उत्थानका लागि खर्च गर्नुपर्ने थियो। यसअघि, सन् २०२३ र २०२२ मा पनि पाकिस्तानलाई अमेरिकाबाट हरेक वर्ष ८० मिलियन डलर (करिब 10 अर्ब 56 करोड रुपैयाँ) सहायता प्रदान गरिएको थियो।

ट्रम्पको पहिलो कार्यकालमै पाकिस्तानलाई हरेक वर्ष दिइने दुई अर्ब डलर (करिब 264 अर्ब रुपैयाँ) सैन्य सहायता रोकिने निर्णय गरिएको थियो। यो रोक बाइडेन प्रशासनका बेला पनि जारी रह्यो। अहिले ट्रम्पले फेरि एकपटक नागरिक आर्थिक सहायता समेत रोक्ने कडा कदम चालेका छन्।

पाकिस्तानप्रति ट्रम्पको कडा नीति
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा नै पाकिस्तानको ‘धोखाधडी प्रवृत्ति’प्रति सख्त निर्णय लिएका थिए। अमेरिकी सहयोग अफगान युद्ध र अन्य परियोजनाको नाममा मागिने भए पनि त्यसको दुरुपयोग भइरहेको आरोप लगाइएको थियो। अब ट्रम्प २.० सरकारले पाकिस्तान मात्र नभई अन्य मुलुकहरूलाई दिइने सिभिल आर्थिक सहयोगमा पनि रोक लगाएका छन्।

ट्रम्पको यो कदमले पाकिस्तानको आर्थिक संकट झन् गहिरिने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.