बलिउडकी चर्चित अभिनेत्री तब्बुले फिल्म ‘हेरा फेरी ३’ मा आफ्नो सम्भावित उपस्थितिको संकेत दिएकी छिन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक स्टोरी पोस्ट गर्दै लेखेकी छिन्, “म बिना कलाकारिता पूरा हुन सम्भव छैन।” उक्त पोस्टमा तब्बुले अक्षय कुमार र निर्देशक प्रियदर्शनलाई ट्याग गरेकी छिन्, जसले फ्यानहरूबीच चर्चा र उत्सुकता थपेको छ।
तब्बु सन् २००० मा रिलिज भएको ‘हेरा फेरी’को पहिलो भागमा देखिएकी थिइन्, जहाँ उनले सुनिल शेट्टीको प्रेमिकाको भूमिका निभाएकी थिइन्। उक्त फिल्मलाई प्रियदर्शनले निर्देशन गरेका थिए। यद्यपि, सन् २००६ मा नीरज वोराले निर्देशन गरेको दोस्रो भागमा भने तब्बु उपस्थित थिइनन्।
हालै, निर्देशक प्रियदर्शनले आफ्नो जन्मदिनको अवसरमा ‘हेरा फेरी ३’ को घोषणा गरेका छन्। उनले आफ्नो पोस्टमार्फत अक्षय कुमार, परेश रावल, र सुनिल शेट्टीलाई ट्याग गर्दै फिल्मको रि-युनियनको संकेतसमेत दिएका छन्। फिल्मको छायांकन यसै वर्ष सम्पन्न हुने योजना छ भने सन् २०२६ मा रिलिज हुने अनुमान गरिएको छ।
यद्यपि, तब्बुको उपस्थितिबारे कुनै आधिकारिक घोषणा गरिएको छैन। तर, उनको संकेतपूर्ण पोस्टले पुराना स्टारहरूको पुनर्मिलनप्रति फ्यानहरूको आशा जगाएको छ। अब हेर्न बाँकी छ कि प्रियदर्शन निर्देशित यस चर्चित सिरिजको तेस्रो भागमा तब्बु कस्तो भूमिकामा देखिन्छिन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
