एसइई परीक्षा: नवलपरासीमा २८ परीक्षा केन्द्र निर्धारण

नवलपरासी । नवलपरासी यही चैत ७ बाट सुरु हुने  एसइई परीक्षा २०८१ को  सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी पूर्वले जनाएको छ ।

परीक्षाका लागि केन्द्र निर्धारण,सुरक्षा प्रबन्ध तथा सम्बन्धित केन्द्र सम्म उत्तर पुस्तिकाहरू पुराउने काम सकिएको इकाई प्रमुख दीपेन्द्र राज श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार विद्यार्थीहरूलाई पायक पर्ने हिसाबले जिल्लामा एसइई का लागि २८ परीक्षा केन्द्र बनाइएको छ । जसमा पालिकागत रूपमा गैँडाकोटमा ४ देवचुलीमा ५ कावासोतीमा ७ मध्य बिन्दुमा ५ विनयी त्रिवेणीमा २ हुप्सेकोटमा ३ बौदिकालीमा १ र बुलिङ्गटार गाउँ पालिकामा १ परीक्षा केन्द्र निर्धारण गरिएको श्रेष्ठले जानकारी दिएकाछन् ।

यस वर्ष नवलपरासी पूर्व नवलपुरमा नियमित तर्फ ५ हजार ८ सय २६ तथा ग्रेड वृद्धिका ६ सय ५६ गरी कुल ६ हजार ४ सय ८२ विद्यार्थी एसइई परीक्षामा सहभागी रहनेछन् ।

जसमा छात्रा संख्या ३ हजार २ सय ४७ र छात्रको संख्या पनि बराबरी जस्तै ३ हजार २ सय ३५ रहेको छ । जिल्लामा ८६ सामुदायिक,४९ संस्थागत,५ गुरुकुल,प्राविधिकधार तर्फ ८ र १ गुरुकुलका विद्यार्थीहरूले  एसइई दिनेछन् ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन ३ महिला सहित २८ प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ । त्यसै गरी ४३ सहायक केन्द्राध्यक्ष,३ सय २४ निरीक्षक,परीक्षा सहायक ६४ कार्यालय सहयोगी १ सय २९ र सुरक्षाकर्मी ४ सय २० जना गरी कुल १ हजार ८ जनशक्ति एसइई का लागि परिचालित हुनेछन् ।

विद्यार्थी संख्याका हिसाबमा यस पटकको एसइईमा भीमसेन आदर्श माविले जिल्लामै सर्वाधिक २ सय २८ र श्रीमद् रामानुज बेदबिद्याश्रम गैँडाकोटले ३ विद्यार्थी सहभागी गराएको छ । परीक्षा केन्द्रमा सहभागी सबै भन्दा धेरै परीक्षार्थी संख्या   भानुदय मावि दुम्किबासमा ४ सय ३३ र हुप्सेकोट मावि मौलाथरमा सर्वाधिक कम ४७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.