logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

होलीको बिहान रेल दुर्घटना, तीव्र गतिमा आइरहेको थियो रेल, त्यतिखेर ट्रक रेलवे ट्र्याकमा आइपुग्यो…

होलीको बिहान रेल दुर्घटना, तीव्र गतिमा आइरहेको थियो रेल, त्यतिखेर ट्रक रेलवे ट्र्याकमा आइपुग्यो…


  • शुक्रबार, चैत्र १ २०८१
  • 1K
    SHARES

    लोकसारथि, ०१ चैत । महाराष्ट्रको जलगांवमा आज बिहान एक ठूलो रेल दुर्घटना टल्न पुग्यो। बिहान करिब ४ बजे एक अन्नले भरिएको ट्रक रेलवे क्रसिङ्ग तोड्दै रेलवे ट्र्याकमा अड्कियो। यसैक्रममा, सोही ट्र्याकमा तीव्र गतिमा मुम्बई-अमरावती एक्सप्रेस रेल आइरहेको थियो, जसले ट्रकसँग टक्कर खायो।

    रेलको लोको पायलटले समयमै खतरा महसुस गर्दै सुझबुझका साथ रेलको गति नियन्त्रण गरे। उनको तिव्र प्रतिक्रिया र सुझबुझले ठूलो दुर्घटना टार्न मद्दत गर्‍यो र रेलमा सवार यात्रिहरूलाई कुनै चोटपटक नलागेको जानकारी प्राप्त भएको छ। यस घटनामा कुनै पनि व्यक्तिको घाइते वा मृत्युको समाचार छैन।

    ट्रक चालक घटनास्थलबाट फरार

    दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएको छ। रेलवे र पुलिस प्रशासनले तत्काल घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेका छन्। यस घटनाका कारण रेलवे यातायात केही समयका लागि अवरुद्ध भयो, तर पछि स्थिति नियन्त्रणमा लिइएको छ। रेलवे अधिकारीहरूले यस घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न थालेका छन् कि ट्रक कसरी रेलवे क्रसिङ्ग तोड्दै ट्र्याकमा आइपुग्यो। यसका साथै ट्रक चालकको खोजी जारी छ। हाल रेलवेले यात्रिहरूको सुरक्षा सुनिश्चित गर्नका लागि सबै रेलहरूको गति निगरानी गर्ने निर्देशन दिएका छन्।

    प्रकाशित : शुक्रबार, १ चैत्र २०८१ , ०८:२८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend