Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पृथ्वीका ग्लेशियरहरू संकटग्रस्त, जल प्रलयको खतरा

पृथ्वीका ग्लेशियरहरू संकटग्रस्त, जल प्रलयको खतरा


  • बुधबार, कार्तिक २२ २०८०
  • 572
    SHARES

    एक अध्ययन अनुसार लामो समयदेखि अपेक्षाकृत स्थिर मानिने उत्तरी ग्रीनल्याण्डका विशाल हिमनदीहरू समस्यामा छन्।

    नेचर कम्युनिकेसनमा मंगलबार प्रकाशित अध्ययन अनुसार महासागरको तापमानमा वृद्धि हुँदै जाँदा, ग्रिनल्याण्डका ice shelves (हिउँका चादरहरु) द्रुत रूपमा कमजोर हुँदैछन्, नजिकैका ग्लेशियरहरूलाई अस्थिर बनाउँदैछ र समुद्री सतह वृद्धिको लागि सम्भावित “नाटकीय” परिणामहरू निम्त्याइरहेको छ ।

    तैरिरहेका Ice shelves ले समुद्रमा बाँधको रूपमा काम गर्दछ जसले जमिनमा ग्लेशियरहरूलाई रोक्छ र हिउँ पग्लिने प्रक्रियालाई सुस्त गति प्रदान गर्दछ । जब तिनीहरू पग्लिन्छन् र कमजोर हुन्छन्, जमिनमा आधारित हिउँको धेरै भाग समुद्रमा मिसिन्छ, समुद्रको सतह बढ्छ।

    वैज्ञानिकहरूले उत्तरी ग्रिनल्याण्डका आठ Ice Shelves को विश्लेषण गरे, जसले पग्लिएर वा टुक्रिएर समुद्रमा मिसिए भने समुद्रको सतहलाई २.१ मिटर – लगभग ७ फीट माथिसम्म उठाउन सक्छ ।

    फ्रान्सको ग्रेनोबल आल्प्स युनिभर्सिटीका ग्लेशियोलोजिस्ट र अध्ययनका लेखक रोमेन मिलन (Romain Millan) ले भनेका छन् – “यी हिउँका चादरहरु सबैभन्दा महत्त्वपूर्ण छन्। तिनीहरू ग्रीनल्याण्डको सबैभन्दा ठूला glaciers हुन्।”

    उत्तरी ग्रीनल्याण्डस्थिर थियो तर 1980 र 1990 को दशकमा ग्रीनल्याण्डका अन्य भागहरूमा ग्लेशियरहरूको घनत्व मासिन वा पातलिन थालेपछि,  अब त्यो अवस्था नरहेको अध्ययनले देखाएको छ । समयको अन्तरालमा उत्तरी ग्रिनल्याण्डको मौसम, जलवायु  र हिउँका चादरहरुमा आएको परिवर्तनलाई राम्रोसँग बुझ्नको लागि  मिलन र उनका सह-लेखकहरूले सेटेलाइटबाट प्राप्त हजारौं छविहरू प्रयोग गरे।

    उनीहरुले हिउँका चादरहरु व्यापक रुपमा पग्लिदै वा पातलिदै गएको पाए । अध्ययन अनुसार 1978 देखि, उत्तरी ग्रीनल्याण्डका हिमनदीहरूका Ice Shelves ले आफ्नो कुल मात्राको 35% भन्दा बढी गुमाएका छन् । अध्ययनले 2000 को प्रारम्भदेखि ८ आइस शेल्व्जहरुमध्ये तीनवटा पूर्ण रूपमा ढलेका छन् र बाँकी पाँचले पग्लिदै नजिकका हिमनदीमा मिसिएका छन् जसले गर्दा त्यो क्षेत्र नाटकीय रुपमा अस्थिर बन्दै गएको देखाएको छ ।

    मिलन दुःख प्रकट गर्दै भन्छन् – “हामीले देख्न सक्छौं कि Ice shelves कमजोर हुँदैछन्,  यो नयाँ मुख्य जानकारी हो जुन हामीलाई थाहा थिएन, किनभने हामीले सोचेका थियौं कि ग्रीनल्याण्डको यो भाग वास्तवमै स्थिर छ।” ग्लेशियरहरु टुक्रिएर आइस बर्ग बन्छ जुन क्रमशः पग्लिन्छ र समुद्रमा मिसिन्छ । यसरी व्यापक रुपमा आइस शेल्वजहरु पग्लिनुका कारकतत्वहरु थुप्रै छन् । यसको प्रमुख कारक तत्व ग्लोबल वार्मिङ्ग हो जसले पानीको तापमान बढाउँछ र तातो पानीले हिउँको आधार तहलाई पघाल्न थाल्दछ । 2000 र 2020 को बीचमा, जलवायु परिवर्तनसँगै समुद्री जल तातेको र व्यापकरुपमा ग्लेशियर पघ्लिएको अध्ययनले देखाएको छ ।

    यदि महासागरहरूको तापमानमा वृद्धि हुने प्रक्रिया जारी रहन्छ  भने, यसले स्थायी रूपमा ग्लेशियरलाई कमजोर पार्न सक्छ, एक निश्चित समय मापदण्डमा, तिनीहरू नष्ट पनि हुन सक्छन्, र समुद्री सतह बढ्न सक्छ । मिलनले भने।

    2003 मा Zachariæ Isstrøm ग्लेशियरको आइस शेल्फको पतन पछि, समुद्रमा बरफको बहाव दोब्बर भएको अध्ययनले देखाएको छ। मिलनले सन् 2016 र 2017 मा ग्लेशियरको भ्रमण गर्दा ती परिवर्तनहरू चिन्ताजनक रहेको बताए। उनले यसलाई “टेबुलर आइसबर्गहरूको अराजकता” भनेर वर्णन गरे।

    ग्लेशियरहरूको भविष्य, ग्रह-तातो प्रदूषण (planet heating Pollution) कम गर्न संसारले के गर्छ भन्नेमा धेरै निर्भर हुनेछ, मिलनले भने।

    आजभन्दा करिब चार वर्ष अघि प्रोसिडिङ्गस अफ द नेशनल एकेडेमी जर्नलद्वारा प्रकाशित एक रिपोर्ट अनुसार वर्ष सन् २००३ को तुलनामा हिउँ चार गुणा तेजीले पघ्लिदै छ । यसको मुख्य कारण वायुमण्डलमा बढ्दै गएको उच्च तापमान हो । यहाँको ग्लेशियर पघ्लिएर अटालान्टिक महासागरमा मिसिदै छ । हिमालयमा ग्लेशियर पघ्लिने कुरालाई लिएर अत्यन्तै डरलाग्दो रिपोर्ट बाहिर आएको छ । यो रिपोर्ट नेपाल, भारत, चीन लगायत १६ देशहरुका लागि भारी संकटको सूचक हो । हालैमा गंगा र ब्रह्मपुत्र नदीलाई लिएर बडा बडा सवाल खडा भएका छन् ।

    हालैमा गंगा र ब्रह्मपुत्र नदीलाई लिएर बडा बडा सवाल खडा भएका छन् । हिमालयमा ग्लेशियर बडो द्रुत गतिमा पघ्लिदै गरेको ज्यादै त्रासदीपूर्ण तथ्य बाहिर आएको छ । नेपालको एक संस्था इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउण्टेन डिवेलपमेन्ट (आइसिआइएमओडी) को शोध अनुसार हिमालयमा तीव्र रुपमा ग्लेशियर पघ्लिदै छ । आगामी 80 वर्षमा ग्लेशियरको 80% भाग पघ्लिने अध्ययनले देखाएको छ । गत 10 वर्षसम्म निम्न हिमालय क्षेत्रमा ग्लेशियर देखिन्थ्यो । अब मध्य हिमालयको मािथल्लो भाग र महान हिमालयमा मात्रै ग्लेशियर छ, निम्न हिमालयका ग्लेशियरहरु पघ्लिएर समाप्त भइसकेका छन् । ग्रीन हाउस इफेक्ट (हरित गृह प्रभाव) का कारण ग्लोबल वार्मिङ्ग र ग्लोबल वार्मिङ्गका कारण विश्व तापमानमा वृद्धि एवं उच्च तापमानले हिमालय क्षेत्रको ग्लेशियरमा असर पर्ने प्रक्रिया निरन्तर रुपमा बढ्दै गइरहेको छ । वैज्ञानिकहरु भन्छन् कि वायुमण्डलीय ताममान 1–2 डिग्री वृद्धि हुँदा 30–50 % हिउँ नासिने छ । यदि यो तापमान 3–4% वृद्धि हुन्छ भने यसले हिमालयको 75–80% हिउँ पघालिन्छ ।

    Would you know what to do if a tsunami hit Vancouver? | News

    वर्तमान परिस्थितिमा बढ्दो तापमानका कारण ग्लेशियर क्षेत्र सांगुरिदै गएको छ । 2010 सम्म आइपुग्दा हिमालयको ग्लेशियर 65% ले वृद्धि भएको छ । हिमालय क्षेत्रमा ग्लेशियर पघ्लिनु अघिबाट नै 200 भन्दा धेरै ग्लेशियर झिल (ताल) निर्माण भइसकेका छन् । यी तालहरु ठूलो आपदा निम्त्याउने कारण बन्दै छन् । ग्लेशियर ताल बारबार फुट्दै छ । हिमालय क्षेत्रका ग्लेशियरहरु पघ्लिएर नष्ट हुँदै जाँदा नेपालका मुख्य नदीहरु, भारतका गंगा र ब्रह्मपुत्र नदीको अस्तित्व नरहने हो कि भन्ने त्रासमा वैज्ञानिकहरु रहेका छन् । किनकि पूरा १६ देशहरु संकटमा छन् । ग्लेशियर वरपरका केवल पहाडी इलाकाहरुको कुरा गर्ने हो भने पनि त्यहाँ 24 करोड मानिसहरुको बसोवास छ । हिमालय ग्लेशियरबाट निस्किने पानी 165 करोड मानिसहरुले प्रयोग गर्दछन् । ग्लेशियरहरु नष्ट भए भने पिउने पानी, बिजुली, विद्यूतीय प्रविधि, खेती, वन सम्पदा लगायतको तमाम आर्थिक क्षेत्रहरु ध्वस्त हुन्छन् । कोलम्बिया युनिवर्सिटि इन्स्टिच्युट अफ अर्थको रिपोर्ट अनुसार चीन, भारत, भुटान, नेपालका ग्लेशियर 1975–2000का अवधिमा जनु गतिमा पघ्लिदै थिए अब त्यो प्रक्रिया दुई गुण तेजीले बढेको छ । हिमालयको ग्लेशियर पघ्लिने दर वार्षिक 5 मिटर रहेको छ । हिन्दू कुश हिमालय क्षेत्रमा रहेको ग्लेशियरको एक तिहाइ भाग पघ्लिएर नष्ट हुँदा वैज्ञानिहरु चिन्तित छन् । अन्टार्कटिका, आइसलैंड, अलास्का लगायतका सबै ग्लेशियरहरु संकटमा छन् । धर्तीका सबै ग्लेशियरहरु पघ्लिए भने समुद्रको सतह 55 मिटरसम्म बढ्ने छ । आउने दिनहरुमा विश्व महामारी, परमाणु युद्ध, जल प्रलय आदिका कारण मानव सभ्यता ध्वस्त हुने संघारमा छ, जुन भयावह स्थिति हो ।

    प्रकाशित : बुधबार, २२ कार्तिक २०८० , १०:५६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend