सोमबार सार्वजनिक बिदा

काठमाडौं ।

सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

प्रदेश राजपत्रमा पनि पौष २९ गते जिता पर्व भनेर उल्लेख छ। पौष अन्तिम दिन थारु समुदायमा बङ्गुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन छ।

थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने सङ्घीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिँदै आएको छ। 

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.