काठमाडौं । गरिमा विकास बैंकले २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ। संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन पनि दिन सक्नेछन्।
सेयर खरिद गर्न चाहनेले माघ २२ देखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा सेयर खरिद परिणामसहितको निवेदन दिनुपर्ने बैंकले जनाएको छ।
तोकिएको अवधिसम्म संस्थापकबाट सेयर खरिद गर्न कुनै आवेदन नआए अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने बैंकले बताएको छ।
Post Views: 3