मानसिक पाप किन हुन्छ ? मानसिक पाप भएमा त्यसको प्रायश्चित के छ ?

लोकसारथि, २९ फागुन ।
मानसिक पाप किन हुन्छ ? मानसिक पाप भएमा त्यसको प्रायश्चित के छ ?
यसको जवाफमा उडिया बाबाले भन्नुभयो : मानसिक पाप पूर्व संस्कारका कारण हुन्छ । यो पाप भइहाल्यो भने सच्चा मनले पश्चाताप गर्नुपर्छ । नाम जाप गनूँं । भगवानको नाम जापमा अचिन्त्य शक्ति छ । यसले अनन्त जन्मको पाप विध्वंश हुन्छ । नाममा जति पापलाई भस्म पार्ने शक्ति छ त्यति पाप त मनुष्यले पुरै एक जनमामा गर्नै सक्दैन ।

उडिया बाबाको उत्तरलाई पुष्टि गर्दै सन्त प्रेमानन्द महाराज भन्नुहुन्छ :

“मानसिक पाप जुन हुन्छ त्यो मनको मलिनता हो । भक्तहरुको मनले भगवानकै चिन्तन गर्छ, उनको रुपको, उनको लीलाको, उनको नामको, उनका कुराहरुको । जब हामीले शास्त्रविरुद्ध आचरण गर्छाैँ—अधर्माचररण, हाम्रो मनले गन्दा कुराहरुको चिन्तन गर्छ । गन्दा कुराको चिन्तन गरेपछि त्यहि अरुलाई आरोप लगाउन थाल्छ । जब हाम्रो मन गन्दा हुन्छ, हामीबाट मानसिक पाप हुन थाल्छ । जस्तै कोही पूज्य छ, जसको हामीले रक्षा गर्नुपर्छ, चरण छुनुपर्छ, उदाहरणका लागि बहिनी छिन् या अन्य कुनै पूज्य सम्बन्ध छ । यदि हाम्रा कामभाव गाढा छ भने त्यसको चिन्तन गर्न चुक्दैन, भलै शरीरबाट नहोस् तर मनले गलत भावना गरिहाल्छ । यस्तै यस्तै अनेक लाखौं मानसिक पापहरु हुन्छन् । अब हेरौँ, जुनमनमा भजन छैन, त्यसले गर्ने के हो ? राग, द्वेषकै चिन्तन गर्छ । नाना प्रकारका लाखौं पाप गर्छ । त्यसले मनमा मलिनता भरिँदै जान्छ । तर कलयुगको एक प्रताप छ । कलिकाल एक पुनित प्रताप, मानस पुण्य होय नहिं पाप । यदि मानसिक पापको दण्ड मिल्थ्यो भने हाम्रो दुर्गति पक्का थियो । तर कलयुगमा, किनकि मलिन हृदय धेरै हुनेछन्, त्यसैले सिद्धान्त बनाइयो कि जबसम्म शरीरद्वारा पाप गरिँदैन तबसम्म मानसिक पापको द(ण्ड उसलाई दिइने छैन । यदि मानसिक पापको दण्डविधान हुँदो हो भने अत्यन्त ठुलो पाप लाग्थ्यो । हाम्रो मानसिक पाप बन्दै नबनोस् । मानसिक चिन्तन कलियुग अनुसार मानिसले रोक्नै सक्दैन । किनकि उिसमा क्षमता नै छैन । त्यसैले यदि मानसिक चिन्तन रोकियो, जस्तै मनले गलत सोच्यो, अब हाम्रो क्षमता छैन कि उसको सोचलाई हटाइदिऊँ ।त्यसले हामीलाई विवश बनाइदिन्छ । त्यसले हामीलाई पागल बनाइदिन्छ । जहाँ कामना पुरा हुँदैन, मानिस पागल हुन्छ । ग्लानि गर्छ—मैले गर्नुहु्ँदैनथ्या। यस्तो किन भयो ? जुन कामना जागृत भयो अब त्यो कामना संकल्प बन्छ भने त्यसले क्रिया गराएरै छोड्छ । यदि केवल स्फूरन भएर शान्त भयो भने बचियो । स्फुरननै नहोस्, यसका लागि केही उपाय ! उडिया बाबा भन्नुहुन्छ ‘‘नाम जाप’’ । भगवनाको नाम जापले सबै मानसिक मलिनता भस्म हुन्५ । त्यही चिच्याई चिच्याई हर समय रट्दै जानुपर्छ—राधा, राधा, राधा ।

मानसिक पाप शारीरिक क्रियाका रुपमा उदय नै नहोस् भन्नेतर्फ लाग्नुपर्छ । त्यसको संकल्प नै बन्न दिनुहुँदैन । त्यसको लागि—राधा, राधा, राधा, राधचा नाम जाप गरिराखौँ । एउटा वास्तविक कुरा छ—कामनाहरु कहिल्यै पूरा हुँदैनन् । कहिल्यै पनि हुन्न । मानिस जुन अवस्थाको छ, हर सुख देख्यो गृहस्थिको । के मन शान्त भयो ? के तृत्प भयो ? बस त्यही चाल त्यसको आज छ जे बचपनमा थियो । इमानदारीपूर्वक हेर ! यदि रोकिएको छ भने भजनद्वारा रोकिएको छ । अर्काे कुनै उपाय छैन । नत्र त हाम्रो सम्पूर्ण जीवन खोक्रो हुन्छ, नष्ट हुन्छ । यो भोगूँ, यो देखूँ, यो सुँघूँ, यो खाऊँ, यो छोऊँ भन्दै यस्तैमा जीवन सकिन्छ । जस्तै परिस्थिति भएपनि राधा, राधा त बोलिरहन् । सम्हाल्न सक्दैनौ, राधा, राधा बोलिराख, सबै आफै सम्हालिन शुरु हुन्छ । नाम जापमा ठुलो सामर्थ्य छ । सन्त (उडिया बाबा) भन्नुहुन्छ तिमीले चिन्तै नगर । यदि अबदेखि पाप गर्दैनौ, आचरण सुधार्छाै र राधा, राधा भन्छौ भने सबै पाप नाश हुन्छ । यति पाप तिमीले गर्ने सक्दैनौ, जति सामर्थ्य नाम जापमा नाशको छ अर्थात् तिम्रो मनमा हुने गलत चिन्तनभन्दा राधा नाम जापको पापलाई नष्ट गर्ने सामर्थ्य बढी छ । स्वयं भगवनाले नामको वर्णन गर्न खोजून् भने उनले पनि गर्न सक्दैनन् । नाम जापमा सोच्नै नसकिने शक्ति छ । नाम जापकले अजेय भगवानलाई अधिनमा राख्दछ । तिमीले कल्पना पनि गर्न सक्दैनौ कि नाम जापले के के हुन्छ ! निरन्तर नाम जापको अभ्यासले अचिन्त्य शक्तिलाई उजागर गर्छ । थोरै सात्विक हुनेहरुले नाम जाप गर्छन्, तर काम बन्छ निरन्तरताले मात्रै । कुनै श्वास खाली नजाओस्, नाम जापमा । राधा, राधा, राधा, राधा, राधा, राधा । जब श्वास माथि जान्छ तब राधा, श्वास तल झर्छ तब राधा । प्रत्येक श्वासमा नाम जपे द्विविधा रहँदैन कुनै पनि । निश्चित रुपले भगवत प्राप्ति हुन्छ । यो कलियुग हो, यसमा अन्य साधनले काम गर्दैन । पक्का । नाम जाप अन्य साधन कलयुगमा सिद्ध हुँदैनन् । जसले भगवत प्राप्ति गराइदेओस् । जस्तै यज्ञ हो भगवत प्राप्तिको साधन ।

पहिले पहिले राक्षसहरुले यज्ञलाई नष्ट पार्न त्यसमा हड्डी या मांको टुक्रा राखिदिन्थे । यज्ञ भ्रष्ट भइजान्थ्यो । घ्यु बजारबाट किनौँ, त्यसमा बोसो मिलाइएको छ भने यज्ञ सफल हुन्छ ? हुँदैन । सामग्री कहाँदेखि आउँछ ? यज्ञ सामग्री जौ, धान्य आदि जनु पवित्र चाहिन्छ । त्यसमा खाद, युरिया, केमिकल हालिन्छ अन्न उत्पादन गर्नलाई । त्यसलाई पवित्र मानिदैन । यस्ता केमिकल, यस्ता खाद छन् जसको रस त्यसमा प्रवेश गरेको हुन्छ । अपवित्र छ । त्यसैले भयानक भयानक रोगको बाहुल्यता प्रकट हुँदै छ । क्यान्स तस पहिले सुनिदैनथ्यो । अक्कलझुक्कल करोडौँमा एकजनालाई हुन्थ्यो क्यान्सर । आजकल त रुघाखोकी, ज्वरो जस्तै सबैलाई भइरहेको छ क्यान्सर । यसलाई ज्वरो, उसलाई ज्वरो आए झैँ क्यान्सर बढ्दै छ । किनकि अन्न दूषित हुँदैछ । जब भविष्यान्न नै दूषित छ भने यज्ञज्ञ कसरी गर्ने ? कलियुगमा यज्ञसिद्धि एकदमै कठिन छ । शुद्ध घ्यु होस्, शुद्ध भविष्यान्न होस्, शुद्ध मन्त्र बोल्नेवालाहरु होऊन्, शुद्ध मन्त्र होस्, आराधना, तप होस् । यज्ञ त बडा कठिन छ । अब ध्यान । आँखा बन्द गरेर हेर । अन्धकार बाहेक के देखिन्छ ? शान्त भई बस्यौँ भने पुरा प्रपन्च चल्न शुरु हुन्छ मनभित्र । ध्यान कसरी लागोस् ! सतयुगमा ध्यानद्वारा भगवत प्राप्ति सम्भव थियो । त्रेतायुगमा यज्ञद्वारा, द्वापरमा परिचर्ययाम अर्थात् भगवानको सेवाले नै सम्भव थियो भगवत प्राप्ति । अब बजारदेखि मिष्ठान्न लिन जाऊ, सैंकडौँ मानिसहरु किन्न गएका छन् । बेच्नेवाला कति पवित्र, अपवित्र– त्योसँग मतलब छैन । बनाउनेवालाले हुनसक्छ, भोला, गुटखा, मसला, चुरोट खाँदै बनाइरहेको छ, के स्थिति छ थाहा छैन । ठाकुरजीको भोगका लागि जुन वस्त्र चाहिन्छ, जुन सामग्री चाहिन्छ, बडा मुश्किल छ पवित्र पाउन । लघुशंका वा शौच गरेर दोकानदार आयो होला ।

हात प्रक्षलन नगरी, आचमन नगरी । उभिएर लघुशंका गर्याेहोला । गुप्तांग स्पर्श गरेर । हर कुरामा अपवित्रता छ, भने ठाकुरजीको सेवा कसरी गर्ने ? दूध ल्याइन्छ, त्यो केमिकलबाट निर्मित छ । पनीर लिदै छौँ । कुन भोग लगाऔँ ? घरघरमा गाइ त पालिँदैन । सेवा पद्धति ठाकुरको कसरी सम्भव छ ? गाइको दूधले स्नान गराएर, गाइको शुद्ध घ्युमा पकाएको सुन्दर भोग लगाउने, भगवानको आरती उतार्ने….कहाँ छ ? अब त आधुनिकता आइसक्यो । ट्रेक्टरको जमाना छ । घरघरमा दूईचार गाइ कतै छैनन् । भगवत सेवाको बलले भगवत प्राप्ति हुने कुरा पनि बडो कठिन भयो । यो द्वापरमा थियो । अब त एउटै उपाय शेष छ—भगवानको नाम जाप र किर्तन । यसैले मंगल गर्नेछ । अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽ पि वा। यः स्मरेत् पुण्डरीकाक्षं स बाह्याभ्यंतरः शुचिः।। भित्र, बाहिर दुबै ठाउँदेखि तिमी पवित्र बन्ने छौ, यदि नाम चल्दै छ । कृष्णकृष्ण, श्यामश्याम, राधाराधा, रामराम । जुन नाम भगवानको प्रिय लाग्, जुन नाम गुरुदेवले दिनुभएको छ, खुब नाम जाप गरौँ । यसैले परम मंग हुने छ । अचिन्त्य शक्ति नाममा विराजमान छ । चाहे नुहाएर चाहे ननुहाई, शौचमा बसेर राधाराधाराधा । शौचका दौरान प्राण निस्कियो भने के गर्ने ? शौचका बलो पनि नाम जाप चलोस् । राधा राधा । नामका लागि कुनै निषेध छैन । मन्त्रका लागि निषेध छ । मन्त्र जाप गर्न सकिँदैन । नाम जाप कहिँ पनि गर्न सकिन्छ । खुब नाम जाप गरौँ । शारीरिक, मानसिक सबै पापबाट मुक्ति मिल्ने छ । भगवानले आफ्नो शरणमा लिनुहुने छ । आवागमन, जन्ममणका जुन चक्र छ, यसलाई छुटाइदिने छ नाम जापले ।”

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.