एडमण्ड सिटी हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लोकसारथि, रुपन्देही, २७ पुस – एडमण्ड सिटी हस्पिटलले “स्वस्थ नागरिक, हाम्रो चाहना” नारासहित बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। यस शिविरको उद्देश्य स्वास्थ्य समस्याहरूको समयमै निदान तथा निराकरण गर्दै जनताको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु रहेको थियो।

शिविरमा जम्मा ३५० जनाले सेवा प्राप्त गरे। यस क्रममा १२५ जनाको भिडियो एक्स-रे, २०० जनाको थाइरोइड परीक्षण, र २५० जनाको सुगर जाँच गरिएको छ।

शिविरको उद्घाटन बुटवल उपमहानगरपालिका–१३ का वडा अध्यक्ष नारायण पुनले गरेका थिए। कार्यक्रममा उनले अस्पतालले चाँडै नै न्युरो सर्जरीमा प्रयोग हुने ४ करोड मूल्यको अत्याधुनिक दूरबीन व्यवस्थापन गरिरहेको जानकारी दिए। उक्त उपकरण प्राप्त भएपछि एडमण्ड सिटी हस्पिटल उपत्यका बाहिरकै पहिलो ट्रमा सेन्टरको रूपमा उत्कृष्ट हुने अपेक्षा गरिएको छ।

अस्पतालका अनुसार शिविरमा परीक्षण गरिएका व्यक्तिहरूको रिपोर्ट भोलिसम्म उपलब्ध गराइनेछ। हस्पिटलले यस्ता शिविरहरू नियमित रूपमा सञ्चालन गरी समुदायको स्वास्थ्य सुधारमा योगदान पुर्‍याउँदै आएको छ।

एडमण्ड सिटी हस्पिटलले गरेको यस पहलले स्थानीयवासीहरूबाट प्रशंसा बटुल्न सफल भएको छ। एडमण्ड सिटी हस्पिटलमा इसिएचएस सेवा अन्तर्गत भारतीय एक्स आर्मीहरुले निःशुल्क स्वास्थ्य सेवा पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.