नाइजेरियामा पेट्रोल ट्यांकर विष्फोट, ७० जनाको मृत्यु

काठमाडौं : मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ। 

‘अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ,‘ नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स एफआरएससीका प्रमुख कुमार सुक्वामले बताए। 

सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको बताए।  ‘अधिकांश पीडितहरू चिन्न नसकिने गरी जलेका थिए,‘ सुकुवामले एपी न्यूजलार्ई बताए।  ‘हामी अहिले घटनास्थलमा छौं सबै जानकारी दिन्छौं।’

गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.